हत्या गरेको भन्दै दाहसंस्कार गर्न रोकेपछि.... - Dastabej

हत्या गरेको भन्दै दाहसंस्कार गर्न रोकेपछि….


  • दस्तावेज

  • नेपालगन्ज । बाँके जानकी गाउँपालिका वडान.२ की ननुकी धोबीको आत्माहत्या नभई हत्या भएको भन्दै माईती पक्षलृ अन्तिम संस्कार गर्न रोकेका छन् । माईती पक्षले ननुकीको हत्या श्रीमान रामकुमार धोबीले गरेको आरोप लगाएका छन् । मृत्यु हुनुअघि ननुकीले आफ्नो ज्यानको सुरक्षाका लागि प्रहरीमा पटकपटक उजुरी दिने गरेकी थिईन । उजुरी परेपछि प्रहरीले छलफल नगराउँदै उनको शब बुधबार बिहान घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । आत्मा हत्या भएको भन्दै प्रहरीले भेरी अस्पतालमा पोष्टमार्टम गराई श्रीमान रामकुमारलाई शव बुझाएपछि माईती पक्षले दाहसंस्कार गर्न नदिएका हुन । दाहसंस्कार गर्न खोजेपछि माईती पक्ष बिरोधमा उत्रिएको छ । विवाद बढ्दै गएपछि बाँके प्रहरीले मृतक ननुकीको शवि पुनः भेरी अस्पतालमा लगेर पोष्ट मार्टम गर्ने र श्रीमान रामकुमारका बिरुद्धमा जाहेरीले मुद्दा चलाउने प्रतिबद्धता जनाएको छ । पुनः पोष्र्टम गरी शव ननुकीको बुबा छोटन धोबीलाई बुझाइएको बेलभार प्रहरी चौकीका प्रमुख असई रबीन्द्र बलमे बताए । उनले रामकुमारले श्रीमति ननुकीलाई पटकपटक कुटपीट गरेको उजुरी महिला सेलसम्म पुगेको जनाए । ननुकीकी बुबा छोटनले श्रीमतिको हत्या ज्वाईबाटै भएको आरोप लगाएका छन् । तर रामकुमारले भने मंगलबार राति आफू र आमा घरबाहिर सुतेको र ननुकी एक्लै घरमा सुतेका दाबी गर्दै बुधबार बिहान झुष्डिएको अवस्थामा देखएपछि प्रहरीलाई खबर गरेको जिकिर गरेका छन् ।

  • ६ श्रावण २०७८, बुधबार १३:३३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार