मनाङको चामेमा झोलुंगे पुल पनि बगायो – Dastabej

मनाङको चामेमा झोलुंगे पुल पनि बगायो


  • दस्तावेज

  •  

    लमजुङ — मनाङ सदरमुकाम चामेमा रहेको एकमात्र झोलुंगे पुल पनि बाढीले बगाएको छ । सँगै रहेको बेलिब्रिज बाढीले बगाएर ल्याएको ढुंगामुढाले पुरेको छ । चामेमा रहेको झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङसँगको सम्पर्कविच्छेद भएको छ । चामे गाउँपालिका ५ का वडाअध्यक्ष कैले गुरुङका अनुसार मंगलबार राति आएको बाढीले वडा नं ४ चामेबजारदेखि वडा नं ५ को पारी चामे जोड्ने झोलुंगे पुल बगाएको छ । यो माथिल्लो मनाङ जाने चामेस्थित एकमात्र झोलुंगे पुल हो । नेपाल प्रहरीका डीएसपी सुवास खड्काका अनुसार बेलिब्रिजले बाढी रोकिदिएपछि बाढीले धार परिवर्तन गर्दा झोलुंगे पुललाई पनि बगाएको हो । सशस्त्र प्रहरी बल नं ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीका अनुसार यसअघि बेलिब्रिज जोगाउन खोज्दा सकिएन । अहिले झोलुंगे पुल जोगाउन खोज्दा पनि सकिएन । ‘हामीले बगाउन लागेको लट्ठा तान्ने प्रयास गर्‍यौं । बाढीका कारण सकिएको छैन,’ उनले भने ।

    निमित्त प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले पुलको दायाँबायााँको जिपलाई क्षति पुर्‍याएको छ । ‘बेलिब्रिज बाँध बनेर बाढी थुनिदिएपछि बाढी धार परिवर्तन गरी चामेतिर बगेको छ । बाढी बढेपछि लोकप्रिय माविलाई क्षति पुर्‍याउँदै झोलुंगे पुललाई हान्यो । अहिले झोलुंगे पुललाई बगायो,’ उनले भनिन् । उनका अनुसार पुलको लट्ठा तान्न खोजिए पनि पुनः पहिरो जानेजस्तो देखिएर छाडेको छ । ‘अब के गर्ने भन्न विषयमा प्रहरी, जनप्रतिनिधि, इन्जिनियर, हामी सबै छलफलमा जुटेका छौं,’ उनले भनिन् ।

    ekantipur.com

  • ६ श्रावण २०७८, बुधबार १५:१६ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. पाटे बाघसंग जम्का भेट भएपछि…..
  • ४. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ५. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ६. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ७. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)