जानकीमा महिला मृत फेला, पोष्टमार्टम रिर्पोट आए मुद्दा चलाउने प्रतिबद्धतापछि माईती पक्षले बुझे शव – Dastabej

जानकीमा महिला मृत फेला, पोष्टमार्टम रिर्पोट आए मुद्दा चलाउने प्रतिबद्धतापछि माईती पक्षले बुझे शव


  • दस्तावेज

  • नेपालगन्ज । बुधबार घरमै झुण्डिएको अवस्थामा फेला परेकी बाँके जानकी गाउँपालिका वडान २ की ननुकी धोबीको शबको पोष्र्टमार्टम रिर्पोट आए अनुसार मुद्दा चलाउने प्रहरीले प्रतिबद्धता जनाएपछि माईती पक्षले शव बुझेका छन् । माईते पक्षले ननुकीको हत्या श्रीमान रामकुमार धोबीले गरेको अरोप दोहोर्याई रहेका छन् । मृतकका बुबा छोटनले छोरीलाई ज्वाईले पटकपटक कुटपीट गर्दै आएपछि सुरक्षाका लागि प्रहरीमा उजुरी दिने गरेको भन्दै न्यायका लागि आग्रह गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालयमा छोरीको मृत्युको हत्या भएको जाहेरी दर्ता गराउँदा दर्ता नगरिएको गुनासो गरे ।

    मृत्यु हुनुअघि श्रीमानको कुटाईबाट निलडाम देखाउँदै ननुकी कुर्मी । तस्बिर सौजन्यः रुबी खान
    बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानले घटनाको प्रारम्भिक अवस्था हेर्दा आत्म हत्याजस्तो देखिएको बताउँछन् । तर आत्महत्या गराउन दुरुत्साहन गरेको हुनसक्ने उनले बताए । पोष्ट मार्टम रिर्पोट आएपछि त्यही अनुसार जाहेरी दर्ता हुने वा नहुने निक्यौलमा पुग्ने उनले जनाए ।माईती पक्षले आत्मा हत्या नभई हत्या भएको भन्दै अन्तिम संस्कार गर्न रोकेपछि प्रहरीले फेरि पोष्टमार्टम गराएको हो । माईती पक्षले ननुकीको हत्या श्रीमान रामकुमार धोबीले गरेको आरोप लगाउँदै जाहेरी लिएर जिल्ल प्रहरी पुगेका छन् । मृत्यु हुनुअघि ननुकीले आफ्नो ज्यानको सुरक्षाका लागि प्रहरीमा पटकपटक उजुरी दिने गरेकी थिईन । उजुरी परेपछि प्रहरीले छलफल गराउँदै छाड्ने गरेको थियो । उनको शब बुधबार बिहान घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । आत्मा हत्या भएको भन्दै प्रहरीले भेरी अस्पतालमा पोष्टमार्टम गराई श्रीमान रामकुमारलाई शव बुझाएपछि माईती पक्षले दाहसंस्कार गर्न नदिएका हुन । दाहसंस्कार गर्न खोजेपछि माईती पक्ष बिरोधमा उत्रिएको छ ।

    श्रीमानबाटै हत्या भएको आरोप लगाउँदै ननुकीकी दाई माताप्रसाद कुर्मी

    विवाद बढ्दै गएपछि बाँके प्रहरीले मृतक ननुकीको शवि पुनः भेरी अस्पतालमा लगेर पोष्ट मार्टम गर्ने र श्रीमान रामकुमारका बिरुद्धमा जाहेरीले मुद्दा चलाउने प्रतिबद्धता जनाएको छ । पुनः पोष्र्टम गरी शव ननुकीको बुबा छोटन धोबीलाई बुझाइएको बेलभार प्रहरी चौकीका प्रमुख असई रबीन्द्र बलमे बताए । रामकुमारले श्रीमति ननुकीलाई पटकपटक कुटपीट गरेको उजुरी महिला सेलसम्म पुगेको थिए । तर रामकुमारले भने मंगलबार राति आफू र आमा घरबाहिर सुतेको र ननुकी एक्लै घरमा सुतेका दाबी गर्दै बुधबार बिहान झुष्डिएको अवस्थामा देखएपछि प्रहरीलाई खबर गरेको जिकिर गरेका छन् ।

  • ६ श्रावण २०७८, बुधबार १७:०९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. पाटे बाघसंग जम्का भेट भएपछि…..
  • ४. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ५. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ६. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ७. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)