संघर्ष रोज सेनेटरि उद्योगको उद्घाटन – Dastabej

संघर्ष रोज सेनेटरि उद्योगको उद्घाटन


  • प्रेम सिंह एसके

  • बाँके । बाँकेको कोहलपुरमा गुणस्तरीय सेनेटरी प्याड उत्पादन गर्ने उद्देश्यले संघर्ष रोज ग्रुपले सेनेटरि उद्योगको बुधबार उद्घाटन गरेको छ । संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोहलपुरले उद्योग नै स्थापना गरेरनै उत्पादन गर्ने भएकाले महिलाहरुले गुणस्तरीय र प्याड पाउने भएका छन्। सो उद्योगमा महिलाहरुलाइ जागिरसमेत मिल्ने भएकाले आत्मनिर्भर बन्नेका भएका छन । करिब १८ लाख रुपैयाँ बराबरको लागतमा सन्चालन गरिएको छ । स्वास्थ्यको सुरक्षाका लागि गुणस्तरिय सेनेटरी प्याड उत्पादन गर्ने संघर्ष दलित महिलाला बचत तथा श्रण सहकारी संस्था लि. कोहलपुरकि प्रबन्धक तुल्सी सुनारले बताइन् । उत्पादन गरिएको गुणस्तरीय सेनेटरी प्याड बाँकेका बिभिन्न बिद्यलायहरु , स्थानीय तहहरु, स्वास्थ्य चौकीलगायत अन्य जिल्लामा समेत निर्यात गर्ने प्रबन्धक परियारको दाबी छ । सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढिरहेको हुँदा आयात गरिएका प्याडभन्दा उक्त उद्योगले उत्पादन गरेको प्याड सस्तो, गुणस्तरीय र रामोका साथै महिलाहरूले महिनावारी भएको समयमा रुमाल, कपडा प्रयोग गर्नाले विभिन्न संक्रमण देखा पर्ने भएकाले सो संक्रमणबाट बच्ने र आफुहरुले उत्पादन गरेको प्याड महीलाहरुको स्वास्थ्यका लागि सुरक्षित हुने सभाध्यक्ष तथा सहाकारी अध्यक्ष सितला परियारले भनिन् । उद्योगको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरपालिका क्षेत्र भित्र रहेका सम्पुर्ण बिद्यालयहरुमा समेत पुर्याउनका लागि आवश्यक पहली कदम चाल्ने बताएका छन । कोहलपुर नगरपालिका वडा न ३ का वडाध्यक्ष माधव रिजालले धन्यवाद व्यक्त गर्दै वडाको तर्फबाट उद्योगलाई सहयोग गर्ने प्रतिबद्ध जाहेर गरेका छन । त्यसैगरि कोहलपुर नगरपालिका वडा न १ का वडाध्यक्ष गोपीलाल खनाल , कोहलपुर नगरपालिका वडा न। ११ का वडाध्यक्ष कर्ण बहादुर थापा , दलित सेवा संघका केन्द्रिय अध्यक्ष इश्वरी प्रशाद बिक , कोहलपुर नगरकार्यपालिका सदस्य दयाराम बिक, शेयर सदस्य , सहकारीमा कार्यरत कर्मचारी , संचारकर्मी , जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी लगायत को सहभागिता रहेको थियो भने सहाकारीकि प्रबन्धक तुलसी परियारले कार्यक्रम संचालन गरेकी हुन् ।

  • ६ श्रावण २०७८, बुधबार १९:१४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश