काठमाडौं ।नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य तुलसा थापा जुडो व्यवस्थापक बनेर टोकियो ओलम्पिकमा भाग लिन जापान पुगेकी छिन् । नेपाल कबड्डी संघकी अध्यक्ष रहेकी थापा जुडो व्यवस्थापक बनेर टोकियो ओलम्पिकमा भाग लिन जापान पुगेकी हुन् । सांसद थापा एमाले उपाध्यक्ष बामदेव गौतमकी पत्नी हुन् । राजनीतिक दबाबमै उनी जापान पुगेको नेपाल जुडो संघको गुनासो छ । सांसद थापासँगै जुडोकै व्यवस्थापकका रूपमा तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा पनि जापान उडेका छन् ।जुडोमा योगदान पुर्यााएका व्यक्तिभन्दा तेक्वान्दोका राणा र सासंद थापा जानुलाई खेलकुद क्षेत्रको फोहोरी राजनीति भएको जुडोका पूर्व प्रशिक्षक चन्द्र डंगोलको भनाइ छ ।
व्यवस्थापक बनेर सम्बन्धित विधाभन्दा बाहिरका व्यक्ति जानु खेल जगतका लागि दुस्खद् पक्ष भएको डंगोल बताउँछन् । ‘खेलकुद क्षेत्रमा यस्तो फोहोरी खेल पहिलेदेखि नै हुँदै आएको छ । खेलकुद क्षेत्र राजनीतिक थलो बनिसक्यो । यसपालि टोकियो ओलम्पिकमासम्बन्धित खेलका पदाधिकारीभन्दा बाहिरका गएको सुनिएको छ । यो राम्रो कुरा होइन, डंगोलले भने । ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भने सांसद थापा र राणा ओलम्पिक कमिटीको सचिव र सदस्य भएकाले जापान गएको बताए । ‘राजनीतिक दबाबमा गए भन्ने होइन । ओलम्पिक कमिटीकै सचिव र सदस्य भएकाले उनीहरू गएका हुन् । तर, ओलम्पिकमा भाग लिँदा कुनै खेलसँग सम्बन्धित हुनुपर्ने भएर जुडो व्यवस्थापकका रूपमा उहाँहरू जानु भएको हो,’ श्रेष्ठले भने ।
कतिपयले भने सरकारी भत्ता पचाउन उनीहरू टोकियो पुगेको आरोप लगाएका छन् । ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ र राखेप उपाध्यक्ष शिव कोइरालाले भने टोकियो भ्रमण रद्ध गरेका छन् । बोर्डको बैठकसमेत नराखी अनावश्यक व्यक्तिलाई जापान पठाएको भन्दै असन्तुष्टि जनाउँदै गुरुङ र कोइरालाले जापान नजाने घोषणा गरेका हुन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुँदै छ । ओलम्पिकमा नेपालका पाँच खेलाडीले भाग लिँदै छन् । नेपालका तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २४ सदस्यीय टिम टोकियो पुगेको छ ।
यी हुन् ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक र पदाधिकारी र खेलाडी
१। गौरिका सिंह (पौडी)
२। सोनिया भट्ट (जुडो)
३। सरस्वती चौधरी (एथ्लेटिक्स)
४। कल्पना परियार (सुटिङ)
५। एलेक्जान्डर ग्याडिगाड शाह (पौडी)
प्रशिक्षक
१। असिम यादव ( सुटिङ)
२। सूर्यनारायण श्रेष्ठ (जुडो)
३। सन्तोष श्रेष्ठ (एथ्लेटिक्स)
४। शंकर कार्की (पौडी)
पदाधिकारी
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट
१। जीवनराम श्रेष्ठ( अध्यक्ष
२ निलेन्द्रराज श्रेष्ठ( महासचिव
३। चतुरानन्द राज वैद्य( उपाध्यक्ष तथा कार्यकारी निर्देशक
४। सुनिलकुमार श्रेष्ठ( उपाध्यक्ष
५। पिताम्बर तिम्सिना( सह(महासचिव
६। तुलसी थापा( सचिव
७। प्रकाश शमशेर राणा( सदस्य
८। राम अवाले( सदस्य
युवा तथा खेलकुद मन्त्रालयबाट
१। केदार न्यौपाने( सचिव
राष्ट्रिय खेलकुद परिषद्बाट
१। रमेशकुमार सिलवाल( सदस्य सचिव
२। सुभाष श्रेष्ठ( सदस्य
३। सम्पन्न श्रेष्ठ( सदस्य
मेडिकल टिम
१) डा.नविशमान सिंह प्रधान (मेडिकलटोकियो नेपाली दूतावास
१। प्रेम बराल( कर्मचारी टोकियोस्थित नेपाली स्वयंसेवक
१। रूपेश डंगोल (स्वयंसेवक
शिलापत्रबाट