नेपालगन्ज । बैङ्किङ मुद्दामा जिल्ला अदालत बाँकेले ०७७ फागुन १२ गतेको फैसलाले ३ दिन कैद र २, लाख ८० हजार अस्सी हजार रुपैयाँ जरिवाना सजाय पाएका कोहलपुर नगरापलिका ११ ३८ बषीृय विष्णुजिवन धिताल सन्ज्याललाई प्रहरीले पक्राउ गरेको छ । हालसम्म उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।