बारका महासचिव हुँदा महान्यायाधिवक्ता खातीले नेपालगन्जमा राष्ट्रपतिलाई बिद्याप्रसाद भनेपछि….. – Dastabej

बारका महासचिव हुँदा महान्यायाधिवक्ता खातीले नेपालगन्जमा राष्ट्रपतिलाई बिद्याप्रसाद भनेपछि…..

राष्ट्रपतिको नाम बिगारेपछि सेनाका अधिकारीहरुले महासचिव खातीसंग आपत्ती जनाए । खातीले राष्ट्रपतिको नाम सच्चाए तर माफी मागेनन् । भने, ‘म राष्ट्रपतिको बन्न सक्ने मान्छे हुँ ।’ 


  • दस्तावेज

  • नेपालगन्ज । नेपाल सरकारका महान्यायाधिवक्ताका रुपमा नियुक्त खम्मबहादुर खातीलाई राष्ट्रपति बिद्यादेबी भण्डारीले गोप्नीयता्को सपथ नखुवाएकोे भन्दै निकै आलोचना भयो । समाचार आए लगत्तै राष्ट्रपति भण्डारीका सन्चारबिज्ञले महान्यायाधिवक्ताको सपथका लागि राष्ट्रपति कार्यालयलाई कुनै परिपत्र नआएको बताएपछि अनलाईन मिडियाहरुले उक्त समाचारमा भुल सुधार गरेको भन्दै सच्चाए । तर राष्ट्रपति भण्डारी र हालै नेपाल सरकारका महान्यायाधिवक्तारुपमा नियुक्त खातीबीच नबिर्सिने गरी एउटा घटना घटेको थियो, नेपालगन्जमा । २०७५ सालको घटना हो । नेपालगन्जको कारकाँदोस्थित होटेल सिद्धार्थको उत्तरको सभाहलमा नेपाल बार एशोसिएसनको १४ औ राष्ट्रिय सम्मेलन थियो । सम्मेलनको उदघाटनका लागि प्रमुख अतिथीकारुपमा राष्ट्रपति बिद्यादेबी भण्डारी आएकी थिईन । वरिष्ठ अधिवक्ता शेरबहादुर केसी केन्द्रीय अध्यक्ष थिए । उनको अध्यक्षतामा उदघाटनशत्र सुरु भयो । हालै नियुक्त नेपाल सरकारका महान्यायाधिवक्ता खाती नेपाल बारका केन्द्रीय महासचिव थिए । त्यसैले कार्यक्रमको सन्चालन उनैले गरिरहेका थिए । केन्द्रीय उपाध्यक्ष नेपालगन्जका अधिवक्ता (हाल काठमाडौंमा वकालत) शालिकराम सापकोटा पनि मन्चमै थिए ।

    तत्तालिन बारका केन्द्रीय महासचिव अतिथीहरुको अशान ग्रहण गराउँदै गरे । प्रमुख अतिथीका रुपमा राष्ट्रपति बिद्यादेबी भण्डारीलाई अशान ग्रहण गराउँदै गर्दा चिप्ले । राष्ट्रपतिलाई आशन ग्रहण गराउने क्रममा उनले सम्बोधन गर्दै भने,‘प्रमुख अतिथीका रुपमा अशान ग्रहणका लागि बिद्याप्रसाद भण्डारीलाई आग्रह गर्छु ।’ बिद्धानको उपाधि पाएको कानुन व्यवसायीहरुको सम्मेलन उदघाटन कार्यक्रममा एकाएक हलचल उत्पन्न भयो । राष्ट्रपतिका सुरक्षामा खटिएका नेपाली सेनाका अधिकारीहरुले तत्कालिन बारका महासचिव खातीसंग आपत्ती जनाए । माफी माग्न भने । खातीले राष्ट्रपतिको नाम सच्चाए तर माफी मागेनन् । नेपाली सेनाका अधिकारीहरुले माफी माग्न भन्दा उल्टै जवाफ फर्काए, ‘म पनि कुनै दिन राष्ट्रपछि बन्न सक्ने हैसियतको मान्छे हुँ ।’

    महान्यायधिवक्ताका रुपमा नियुक्त हुनु र राष्ट्रपतिको रोहवरमा गोप्नीयताको सपथ लिन नपाएका खातीलाई समकक्षी कानुन व्यवसायीहरुले चुस्की लिदै भन्छन्,‘राष्ट्रपतिको नाम सम्मेलनमा बिगारेपछिको सजाय यहि हो ।’ सम्मेलनको आायोजक तथा केन्द्रीय उपाध्यक्ष अधिवक्ता शालिकराम सापकोटा भन्छन्,‘२०७५ मा नेपालगन्जमा वकिलहरुको भएको राष्ट्रिय सम्मेलनमा अधिवक्ता खातीले बिद्यादेबी भण्डारीलाई बिद्याबहादुर भण्डारी भनेकाले अहिले आएर साथीहरु उनीसंग मजाक गर्ने बहाना बनेको छ ।’

  • ७ श्रावण २०७८, बिहीबार १४:२२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश