साइबर सुरक्षा नेपालः ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’ – Dastabej

साइबर सुरक्षा नेपालः ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’


  • दस्तावेज

  • बीबीसी नेपाली ।  नेपालको केन्द्रीय ब्याङ्कसहित विभिन्न ब्याङ्किङ प्रणाली ह्याक गरेर ठूलो हानि पुर्‍याउने बेहोराको एउटा सन्देश सामाजिक सञ्जालमा भाइरल भएपछि आफूहरूले उच्च साइबर सुरक्षा सतर्कता अपनाएकोू वित्तीय अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीका अनुसार उक्त सन्देशबारे सबै वित्तीय संस्थालाई जानकारी गराएर आफ्नो प्रणाली चुस्त राख्न निर्देशन दिइएको छ। नेपाल प्रहरीका प्रवक्ताले ूउक्त घटनाबारे साइबर ब्यूरोले राष्ट्र ब्याङ्कसँगको समन्वयमा काम गरिरहेको जानकारी दिएका छन्। एक साइबर सुरक्षाविज्ञका अनुसार यो प्रकरणमा ह्याकिङ गर्नेभन्दा पनि धम्की दिने उदेश्य रहेको जस्तोू देखिएको छ।

    के भएको हो ?
    राष्ट्र ब्याङ्क र कतिपय वाणिज्य ब्याङ्कका अधिकारीहरूका अनुसार बुधवारदेखि वित्तीय क्षेत्रका व्यक्तिबीच सामाजिक सञ्जालबाट एउटा ूइमेलको स्क्रीनशटू आदानप्रदान भएको थियो। राष्ट्र ब्याङ्कका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायणप्रसाद पोखरेल र नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेल ठेगानामा ूपठाइएको जस्तो देखिने बनाइएकोू उक्त स्क्रीनशटमा राष्ट्र ब्याङ्क र नेपालका १४ वटा वाणिज्य ब्याङ्कको नामै तोकेर ूह्याकिङको धम्की दिइएकोू अधिकारीहरूले बताए।  तर त्यो स्क्रीनशटमा उल्लेख भएको जस्तो इमेल आफूहरूले प्राप्त नगरेको राष्ट्र ब्याङ्कका प्रवक्ता ढकाल र सहप्रवक्ता पोखरेलले बीबीसीलाई बताएका छन्। ूहामीले इन्बक्समा मात्र होइन स्प्याम मेलमा पनि त्यस्तो इमेल प्राप्त गरेका छैनौँ,ू प्रवक्ता ढकालले भने,अझ अनिल शाहको त इमेल ठेगाना नै गलत छ भन्ने कुरा आएको छ। उक्त स्क्रीनशट हेर्दा त्यो फोटोशप गरेर बनाइएको जस्तो देखिएकोू त्यसलाई हेरेका अधिकारीहरूको भनाइ छ। उक्त स्क्रीनशटका कारण बुधवारदेखि नै ब्याङ्किङ क्षेत्रमा तरङ्ग पैदा भएको बीबीसीसँग कुराकानी गरेका निजी ब्याङ्कका अधिकारीहरूले बताए।  कतिपयका भनाइमा उक्त सन्देशपछि बुधवार रातिदेखि नै कैयौँ ब्याङ्कहरूले आफ्नो प्रणालीमा आक्रमण भएको वा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएका थिए।

    अज्ञात व्यक्तिले फोन कलमा के भने ?
    सामाजिक सञ्जालमार्फत् वित्तीय समुदायका व्यक्तिहरूबीच निकै आदानप्रदान भएको उक्त सन्देशपछि बिहीवार राष्ट्र ब्याङ्कका प्रवक्ता ढकाललाई अन्लाइनबाट हुने कलमार्फत् फोन समेत आएको उनले बताए। ूमलाई बिहान ९बिहीवार अचानक एउटा कल आयो नचिनेको नम्बरबाट र योर सिस्टम ह्याज बिन ह्याक्ड, इन्क्यूडिङ नेपाल ब्याङ्क लिमिटेड एन्ड नबिल ब्याङ्क लिमिटेडू भनेर फोन काटियो उनले भने।त्यो फोन ट्र्याक गर्न सकिने अवस्था देखिएको छैन।उक्त घटनापछि आफूले सबै ब्याङ्क र राष्ट्र ब्याङ्कको सूचना प्रविधि विभागलाई आफूले जानकारी गराएको उनको भनाइ छ। ढकालका अनुसार बुधवार सामाजिक सञ्जालमा फैलिरहेको धम्कीपूर्ण सन्देशबारे जानकारी प्राप्त भएपछि नै राष्ट्र ब्याङ्कले सबै ब्याङ्कहरूलाई सचेत पनि गराएको थियो।

    के छ अहिलेको स्थिति ?
    राष्ट्र ब्याङ्क र वाणिज्य ब्याङ्कका अधिकारीले बताएअनुसार उक्त सन्देश र फोन कल आतङ्कित पार्ने उद्देश्यले आएको जस्तो देखिएको छ। यद्यपि सम्भावित साइबर हमलालाई दृष्टिगत गरेर अहिले उच्च सतर्कता अपनाइएको उनीहरूको भनाइ छ।सन् २०१९ मा चिनियाँ नागरिकहरूले एटीएम ह्याक गरेर पैसा चोरेको आरोपमा पक्राउ परेका थिए ढकालले भने, ूअहिलेसम्म कुनै पनि असर गरेको अवस्था छैन। नेपालको ब्याङ्किङ प्रणाली सजिलै डेटा चोरी हाल्न सक्ने खालको छैन। हाम्रो फायरवाल सिस्टम राम्रो छ।उनले उक्त कुराकै आधारमा अहिले नै आत्तिनुपर्ने अवस्था नभएको बताए।ूयद्यपि सजगता अपनाउन भने अलर्ट गराएका छौँ, ढकालले भने। उक्त सन्देश फैलाउने व्यक्ति ट्र्याकु गर्नका लागि प्रहरीसँग समन्वय गरिरहेको ढकालले जानकारी दिए। उनले भने, ूहामीले सबै ब्याङ्कहरूलाई सतर्क हुन पनि भनिसकेका छौँ र प्रहरीको साइबर ब्यूरोलाई पनि खबर गरिसकेका छौँ। हामी ब्यङ्किङ समुदाय एक भएर सजग छौँ र सजगता अपनाइरहेका छौँ।

    के भन्छ नेपाल प्रहरी ?
    नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले उक्त घटनाबारे औपचारिक रूपमा उजुरी नपरेको बताए। यद्यपि खबरहरूमा उक्त घटनाबारे थाहा पाएपछि प्रहरीको साइबर ब्यूरोले राष्ट्र ब्याङ्कसँग समन्वयमा काम गरिरहेकोू उनको भनाइ छ। त्यस्तै नेपाल ब्याङ्क लिमिटेड र कृषि विकास ब्याङ्क लिमिटेडका अधिकारीहरूले पनि ूउच्च सतर्कता अपनाएकोू बीबीसीलाई बताए।
    कृषि विकास ब्याङ्कका प्रवक्ता हिमाल पौड्यालले भने,हामीले सूचना प्रविधिका प्राविधिकसँग मिलेर आफूले अपनाउनु पर्ने सजगता अपनाइसकेका छौँ।

    साइबर सुरक्षाविज्ञ के भन्छन्र ?
    साइबर सुरक्षाविज्ञ विजय लिम्बूका भनाइमा यो प्रकरणमा ह्याकरलेह्याकिङ गर्नेभन्दा पनि आतङ्क फैलाउने मात्र उद्देश्य राखेको जस्तो देखिन्छ। उनले भने, यो स्क्रीनशट नै ह्याकरको आधिकारिक हो कि होइन भन्नेमा शङ्का देखिएको छ।
    ूआपराधिक कार्य गर्नेहरूले यसरी हल्ला गर्नेभन्दा पनि ुतिम्रो प्रणालीको यो डेटासम्म मेरो पहुँच छु भनेरै स्क्रीनशट राख्ने र र्‍यान्सम ९पैसा० माग्ने गर्छन्। यो घटनामा त्यस्तो देखिएको छैन। कसैले प्र्याङ्क गरेको पनि हुन सक्छ।लिम्बूका भनाइमा पछिल्ला वर्षहरूमा नेपालको ब्याङ्किङ प्रणालीमा साइबर सुरक्षालाई विशेष ध्यान दिन थालिएको देखिएको छ।पहिलेभन्दा नेपालको ब्याङ्किङ प्रणालीमा निकै सुरक्षित भइसकेको छ तर खतरा त रहिरहने भएकाले यस्ता धम्कीलाई पनि गम्भीर रूपमा लिनुपर्छ,ू उनले भने।

  • ७ श्रावण २०७८, बिहीबार १५:५३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु