टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित – Dastabej

टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित


  • दस्तावेज

  • एजेन्सी । ओलम्पिकमा बाँकेको २८ बर्षको इतिहासलाई तोड्दै ओलम्पिक रिङ चुम्न सफल बाँके खजुरा गाउँपालिका ३ की सोनिया भट्ट जुडोको ४८ केजी मुनिको स्पर्धामा रुसकी इरिना डोल्गोभासंग सामना गर्ने भएकी छन् । १९ वर्षीया सोनियाले शनिबार निप्पोन बुदोकानमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयतामा नवौं स्थानमा रहेकी रुसकी इरिनासंग जित्नसके सोनियाले अन्तिम १६ मा स्थानमा पुग्नेछिन । अन्तर्राष्ट्रिय जुडोमा १७ पदक जितेकी २५ वर्षीया इरिनाविरुद्ध जित हात पार्न सोनियालाई सहज छैन ।
    महिला ४८ केजीमुनिको स्पर्धामा २८ खेलाडी सहभागी छन् । यसमा इरिनालाई पनि पदकको दाबेदार मानिएको छ । ओलम्पिक रिङ चुम्न सफल बाँकेकी सोनीयालाई जिल्लाबासीले जितको शुभकामना दिइरहेका छन् । उनका लागि खेलप्रेमीहरुले प्राथनासमेत गरेका छन् । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव भिम ओलीले बाँकेकी चेली सोनियाले ओलम्पिकमा सहभागि भएर मुलुककै शान राखेको बताए ।
    यसअघि बाँके २८ वर्षसम्म ओलम्पिक रिम रिङ चुम्नबाट बन्चित हुँदै आएको थियो । यसअघि बाँके नेपालगन्जका सुरेन्द्र हमाल लसएञ्जल्स (१९८४)भारोत्तोलन, पार्वती थापा सोल(१९८८) सुटिङ र अनिता श्रेष्ठ बार्सिलोना २०२० सुटिङ ओलम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए । सोनिया जुलाई २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिक खेलको जुडो तर्फ छनौट भएकी हुन ।

     

     

     

     

     

  • ७ श्रावण २०७८, बिहीबार १६:२६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु