भागबण्डापछि गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै – Dastabej

भागबण्डापछि गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै


  • दस्तावेज

  • कास्की — कांग्रेस, माओवादी र जसपाको सहमतिपछि एक महिनापछि अन्तरालमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिएको छ । बिहीबार भएको छलफलमा सहमति भएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । मन्त्रालयको टुंगो लागे पनि मन्त्रीको भने अझै टुंगो लागेको छैन ।आन्तरिक विवाद र आकांक्षी बढी भएका कारण कांग्रेसले मन्त्रीको टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रले भने मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रीको टुंगो लगाएको छ । माओवादीले अर्थमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वनमा दीपक घर्तीलाई पठाउने भएको छ ।

    कांग्रेसलाई भौतिक पूर्वाधार विकास, शिक्षा संस्कृति प्रविधि तथा सामाजिक विकास, पर्यटन र कानुन मन्त्रालय पाउने भएको छ भने, माओवादीलाई अर्थ, कृषि, वन र स्वास्थ्य, जसपालाई उर्जा र स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालय लिने गरी टुंगो लागेको हो ।कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा गत २९ जेठमा मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र नेपालीले गठबन्धनबीच विवाद उत्पन्‍न हुँदा मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

  • ७ श्रावण २०७८, बिहीबार २२:५७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश