टोकियो ओलम्पिकःस्फ्रान्सलाई धक्का, रिचार्लिसनको ह्याट्रिक – Dastabej

टोकियो ओलम्पिकःस्फ्रान्सलाई धक्का, रिचार्लिसनको ह्याट्रिक


  • दस्तावेज

  • एएफपी (टोकियो) — फ्रान्सलाई ओलम्पिक स्वर्ण पदकको दाबीमा नराम्रो झट्का लागेको छ । फ्रान्स बिहीबार टोकियो ओलम्पिकमा मेक्सिकोसँग ४–१ ले पराजित भएको छ । रिचार्लिसनको ह्याट्रिकमा साबिक विजेता ब्राजिलले रोमाञ्चक खेलमा जर्मनीमाथि ४–२ को जित हात पारेको छ । सन् १९८४ यता पहिलो ओलम्पिक स्वर्ण जित्ने आशामा रहेको फ्रान्सले टोकियो रंगशालामा दोस्रो हाफमा खराब खेल्न पुगेको थियो । ‘निश्चय पनि नतिजालाई लिएर हामी निराश छौं, तर हाम्रो खेल सन्तुलित नै थियो,’ फ्रान्सका प्रशिक्षक सिल्भियन रिपोलले भने, ‘यस्तो इभेन्टमा खेल्न राम्रो प्रदर्शन देखाउनुपर्छ । तर हाम्रो खेलमा त्यो थिएन ।’

    एलेक्सिस भागाको गोलमा मेक्सिकोले दोस्रो मिनेटमै अग्रता लियो । यो अग्रता सेवास्टियन कार्डोभाले ५५ औं मिनेटमा दोब्बर बनाए । एन्ड्रे पिइरे गिग्नाकले अन्तिम पटक फ्रान्सेली राष्ट्रिय टोलीबाट युरो २०१६ मा पोर्चुगलविरुद्धको फाइनल खेलेका थिए । ३५ वर्षे उनकै कप्तानीमा अहिले फ्रान्सले ओलम्पिक खेलिरहेको छ । गिग्नाकले पेनाल्टीबाट २१ मिनेट बाँकी रहँदा गोल गरेका थिए । मेक्सिकोका उरिइल एन्टुना र इडुवार्डो अगुइरेले गोल गरेपछि फ्रान्सको पुनरागमन गर्ने सम्भावना सकिएको थियो । सन् २०१२ को ओलम्पिक विजेता मेक्सिकोले समूह ‘ए’ मा सानदार नतिजा निकाल्दै बलियो दाबेदारी तेर्स्याएको छ । यो समूहको अन्य दुई टोलीमा दक्षिण अफ्रिका र जापान छन् । आयोजक जापानले कोभिड–१९ को संक्रमणको मारमा रहेको दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्‍यो ।

    पाँच वर्षअघि ओलम्पिकमा पहिलोपल्ट स्वर्ण जितेको ब्राजिलबाट रिचार्लिसनले पहिलो हाफमै तीन गोल गरेका थिए । एभरटनका स्ट्राइकर उनलाई ह्याट्रिक गोल पूरा गर्न आधा घन्टा पनि लागेन । म्याथिएस कुन्हाले पेनाल्टी गुमाउँदा ब्राजिल चौथो गोल गर्न चुकेको थियो । जर्मनीले दुई गोल गर्दै अप्रत्याशित रूपमा खेलमा पुनरागमनको प्रयास गरेको थियो । बायर लेभरकुसनका नदिम अमिरीले ५७ औं मिनेटमा गोल गरे । तर म्याक्सिमिलियन आर्नोल्डले त्यसको चार मिनेटपछि रातो कार्ड पाउँदा जर्मनी १० खेलाडीमा झरेको थियो । राग्नर एचेले ८४ औं मिनेटमा जर्मनीबाट दोस्रो गोल गरे । पाउलिन्होले इन्ज्युरी टाइममा गोल गर्दै ब्राजिलको जित निश्चित गरे । समूह ‘डी’ को अर्को खेलमा आइभोरी कोस्टले एसी मिलानका फ्रान्क केसीको गोल मदतमा साउदी अरेबियामाथि २–१ को विजय नतिजा निकालेको छ । युरो २०२० खेलेको टोलीका ६ खेलाडी उतारेको स्पेन खेल पूर्ण रूपमा आफ्नो अधिनमा लिन सफल भए पनि इजिप्टसँग गोलरहित बराबरीमा रोकिएको छ । पछिल्लो दुई सिजन आर्सनलबाट लोनमा खेलेका रियल म्याड्रिडका डानी सेबेलोसले पहिलो हाफमा गरेको प्रहार पोस्टमा लाग्नु स्पेनका लागि दुर्भाग्य बन्यो । १९९२ मा आफैंले आयोजना गर्दा स्वर्ण पदक जितेको स्पेनले तीन दिनपछि समूह (सी) को अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्नेछ । अस्ट्रेलियाले लक्लेन वेल्स र मार्को टिलोको गोलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्‍यो ।

    न्युजिल्यान्डले समूह ‘बी’ मा दक्षिण कोरियालाई १–० ले हराएको छ । बर्नलीका स्ट्राइकर क्रिस उडले कासिमामा ७२ औं मिनेटमा गोल गरेका थिए । उनी न्युजिल्यान्ड टोलीमा रहेका २३ वर्षभन्दा माथिका तीनमध्ये एक खेलाडी हुन् । न्युजिल्यान्डको ओलम्पिक फुटबलमा यो पहिलो जित हो । २००८ र २०१२ को ओलम्पिकमा टोलीले १–१ खेलमा यसअघि बराबरीको नतिजा निकालेको थियो ।

  • ८ श्रावण २०७८, शुक्रबार ०८:५५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु