दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ – Dastabej

दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ


  • दस्तावेज

  • नेपालगन्ज । नयाँ पुस्तालाई जानकारी नहुनसक्छ नेपालगन्ज उपमहानगरपालिका वडा न. ४ को कार्यालय र आसपासका टीनको छाना भएको घरलाई सल्यानी बंगला भनिन्छ । बंगला अर्थातः धेरै जना सामूहिकरुपमा बस्न सक्ने घर । सल्यानी भनेको सल्यान जिल्ला । अखिर नेपालगन्जीयाहरुको शहरमा सल्यानी बंगला कहाँबाट आयो त ? त्यो पनि करिव तीनचार विगहा क्षेत्रफलमा सल्यानी बंगला । हाल टीनको सटरमा व्यवसायिक कारोबारहरु होटेल, मासु, किराना पसलहरु सन्चालनमा छन् । एक धुर जग्गा करोडौं पर्ने नेपालगन्जले सल्यानीहरुलाई बस्नका लागि किन बंगला बनायौ त ? त्यस्तै नेपालगन्जको मुटु मानिने वीरेन्द्रचोकदेखि सेतु वीक चोक नपुग्दै दक्षिण तर्फ लाग्ने हो भने दैलेखी बंगला पुग्न सकिन्छ । टीनका अग्ला संरचनाहरु अझै पनि छन् । हाल त्यहाँ तरकारी पसल, माछामासु बिक्री हुने गरेको छ । सल्यानी बंगलाझै करोडौं मुल्य पर्ने जग्गालाई नेपालगन्जीयाहरुले दैलेख जिल्लाका मान्छेहरुलाई बस्न किन बंगला बनाए त ? ‘मलाई लाग्छ राणाकालका चन्द्रशम्सेरका पालामा नेपालगन्जमा सल्यानी र दैलेखी बंगला बनेको हो । बंगला बन्नुको कारण व्यापार गर्नु थियो । पहाडबाट झर्नेहरु घीउ, आलु, टिमुर लगायतका जडीबुटी बिक्री गर्न आउन थालेपछि उनीहरुलाई बस्नका लागि बंगला बनाइएको हो,’ पुर्ब प्रज्ञा तथा नेपालगन्जको ईतिहासबारे जानकार सनत रेग्मी भन्छन्,‘जडीबुटी बिक्री गरेर पहाडका मान्छेहरु नेपालगन्जबाट तेल, नुन र कपडा लगायतका समान लिएर जान्थे ।’ उनका अनुसार यो क्रम २०१८ सालसम्म चल्यो । पछि नेपालगन्जका बनीयाहरुले आफ्नो व्यवसाय चलाउन पहाडबाट आएका सर्वसाधारणहरुलाई आफ्नै घरमा बस्न दिन थाले । घीउ, जडीबुटी उनीहरुबाट किन्थे । कपडा, नुनहरु उनीहरुलाई बिक्री गर्थे । अझै पनि पहाडी जिल्लाका सर्वसाधारणहरुलाई बनियाहरुले आफ्नो घरमा नभए पनि पसलमा बस्न दिने गरेका छन् । यसले उनीहरुको व्यवसाय बढ्दै गएको हो ।
    बिस्तारै सुर्खेत रोडमा बजार बिस्तार हुन थालेपछि सल्यानी र दैलेखी बंगलाका व्यापारहरु सुक्दै जान थाले । त्यससंगै पहाडबाट आउने टिमुर लगायतका जडीबुटी बनीयाहरुले आफ्नै घरमा किन्न थालेपछि बंगलाको महत्व घट्दै गयो । ‘होईन भने पहाडबाट जडिबुटी बोकेर आउनेरुहरु बिक्री नहुँदासम्म मजाले बंगलामा बस्थे । खान्थे । अरामले बस्न पाएका थिए,’ पुर्ब प्रज्ञा तथा नेपालगन्जको ईतिहासबारे जानकार रेग्मी भन्छन् । नेपालगन्जका पाका पत्रकार अजयकुमार गुप्ताले नेपालगन्जले व्यापारका लागि दैलेख र सल्यानी बंगलाको अवधारणा ल्याएको बताए । उनले आफू सानो छँदै दैलेखी रसल्यानी बंगलामा व्यापार गर्नेहरुको भिड लाग्ने गरेको अनुभव सुनाए । नेपालगन्ज शहरलाई जंगबहादुर रानाले बसाएको मानिन्छ । उनले नेपालगन्जको छिमेकी भारतका विभिन्न शहरको पछाडि गन्ज जोडेर नेपालगन्ज नामाकरण गरिएको हो । दैलेख र सल्यान हाल कर्णाली प्रदेशमा परेको छ । नेपालगन्ज लुम्बिनी प्रदेशमा छ । तर पनि नेपालगन्ज अहिले पनि सल्यान र दैलेख जिल्लाको लागि मात्रै होईन सिंगो कर्णाली प्रदेशको आर्थिक हवको रुपमा स्थापित छ ।

     

    Nepalgunj Gallery    

    ले सल्यानी बंगलको यो पुरानो फोटो बारेमा लेखेको छ,

    नेपालगन्जमा पहाडबाट आउनेहरुलाई रात्री बासकालागि सल्यानी र दैलेखी बंगला बनाईएको थियो । यो चित्र विसं २०२१ को हो। नेपाल र भारतको सीमामा जयसपुर बजार थियो, त्यहाँ हाटबजार लाग्थ्यो । हाटबजारमा लखनउ, रायबरेली, कानपुरका व्यापारी बयलगाडामा सामान बोकेर आउँथे । सल्यान, दैलेख, जुम्ला, हुम्ला, कालिकोट, मुगुतिरका पहाडीया किनमेल गर्न झर्थे । त्यतिबेला जयसपुर बजार गरमागरम हुन्थ्यो । नेपालगन्जमा सल्यानी र दैलेखी बंगला निर्माण गरियो । सल्यान भेगबाट आउनेहरू सल्यानी बंगलामा बस्थे । दैलेख भेगबाट आउने दैलेखी बंगलामा बस्ने गर्दथे । अहिले पनि दुवै बंगला देख्न पाइन्छ । कतिपय पहाडिया व्यापारीका घरमा डेरा लिएर पनि बस्ने गर्थे ।
    पहाडबाट भेडा, च्याङ्ग्रा, खसी, घिउ, जडिबुटीलगायतका पहाडी उत्पादन बेकेर नेपालगन्ज आउँथे । धम्बोजी क्षेत्र भेडा च्याङ्ग्राले भरिभराउ हुन्थ्यो । त्यो ठाउँ चरन क्षेत्रका रूपमा थियो । नेपालगन्जबाट वर्षभरी पुग्ने लत्ताकपडा, मरमसला, तमाखु, नुन, तेल, भाँडाकुँडा बोकेर उकालो लाग्थे । सडक थिएन, हिँडेरै आवातजावत गर्नुपर्थ्यो । खासगरी मंसिर, पुस, माघ, फागुन चार महिना जयसपुरमा बजार लाग्थ्यो । अहिले पनि पहाड तथा हिमाली भेगबाट जाडो छल्न नेपालगन्ज झर्ने परिपाटी यथावत छ ।

  • ८ श्रावण २०७८, शुक्रबार १३:०४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु