३४ वर्षदेखि कुवाकै भर – Dastabej

३४ वर्षदेखि कुवाकै भर

बस्ती बसेदेखि नै शुद्ध खानेपानीको माग गरिरहेका लमाहावासीको बिलौना सरकारले अझैसम्म सुनेको छैन


  • दस्तावेज

  • रौतहट — उनीहरूले खानेपानीको माग गरेको झन्डै ३४ वर्ष बितिसक्यो । कुवाको घमिलो पानी पिउन बाध्य चन्द्रपुर–६ लमाहावासीले शुद्ध खानेपानीका लागि गुहार लगाएको यतिका वर्ष बिते पनि सरकारी निकायले चासो देखाएका छैनन् । बस्तीनजिकको लमाहा खोलाको डिलमा १४ परिवारले कुवा बनाएका छन् । उनीहरू लामो समयदेखि त्यही कुँवाको पानी पिउँछन् । कुवामा संकलन हुने पानी एउटा गाग्रीमा भर्न करिब २५ देखि ३० मिनेट लाग्छ । एक परिवारले ३।४ वटासम्म गाग्रीमा पानी भरेर घर लैजान्छन् । दिनभरका लागि यही पानी प्रयोग गर्नुको उनीहरूसँग अन्य विकल्प छैन ।कुवामा खोलाको पानी थिग्रिएपछि मात्र प्रयोग गर्न मिल्ने उनीहरू सुनाउँछन् । वर्षाको बेला कुवा बगाए छानाको पानी छानेर पिउँछन् । खानेपानीको धारा जडान गरिदिन वर्षौंदेखि हारगुहार गरे पनि सुनवाइ नभएको स्थानीय कान्छीमाया तामाङले दुःखेसो पोखिन् । ‘सरकारी निकायमा धेरैपटक धाइसक्यौं,’ उनले भनिन्, ‘अब कसलाई भन्न जाऔं ? चुनावको बेला खानेपानीको व्यवस्था हुन्छ भनेर आश्वासन दिन्छन्, पछि नेताहरू फर्किएरै आउँदैनन् ।’

    ३४ वर्षअघि बसेको यो बस्तीमा तमाङ समुदायको बसोबास छ । २०४४ सालमा मकवानपुरको डाङडुंगे गाउँबाट बस्ती हटाइएपछि अधिकांश यही जंगलमा झुपडी बनाएर बसेका थिए । बस्तीमा खानेपानीको समस्या त छँदै छ, विद्युत सेवा पनि पुगेको छैन । उनीहरू अझै टुकीकै भरमा छन् । यसले बालबालिकालाई पढ्नमा समस्या हुँदै आएको छ । आफैंले भोट दिएर जिताएका जनप्रतिनिधिले आफूहरूको दुःख नदेखेकोमा यहाँका स्थानीयलाई पिरोल्छ । ‘बस्तीमा एउटा पनि धारा छैन । धमिलो पानी पिउनुपर्छ । हामीले पक्की घर मागेका होइनौं नि । शुद्ध पिउने पानी मात्र मागेका हौं,’ स्थानीय सुकमाया वाइबाले भनिन् ।

    चन्द्रपुरबाट ७ किलोमिटर पश्चिम गएपछि लमाहा बस्ती पुगिन्छ । चन्द्रपुर नगरपालिकाले वनक्षेत्रको बस्ती भन्दै यहाँ विकास निर्माणको काम गर्न आँट गरेको छैन । नगर प्रमुख रामचन्द्र चौधरीले लमाहा बस्तीमा खानेपानी समस्या समाधानबारे अहिलेसम्म कुनै योजना नबनाएको बताए ।  ‘जंगलमा बस्ती छ । वनले केही गर्न दिँदैन,’ उनले भने, ‘बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नुबाहेक विकल्प छैन ।’ प्र्रदेश २ का कांग्रेस सांसद धनलाल ठोकरले लमाहामा खानेपानीको धारा ९चापाकल० राख्न खोज्दा मुहान भेट्टाउन नसकेपछि पानीको समस्या सुल्झिन नसकेको दाबी गरे । Ekantipur.com

  • ८ श्रावण २०७८, शुक्रबार १३:५१ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर