काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सन्चालन गर्ने अन्तिम टुडो लगाएको छ । वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको बताए ।यही साउन ३१ गतेदेखि भदौ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आबैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।