टोकियो ओलिम्पिक्स: खेलाडीलाई दिइएको खाट यौन सम्पर्क रोक्न बनाइएको हो ? – Dastabej

टोकियो ओलिम्पिक्स: खेलाडीलाई दिइएको खाट यौन सम्पर्क रोक्न बनाइएको हो ?


  • दस्तावेज

  • एक ओलिम्पिक्स खेलाडीले टोकियोस्थित ‌ओलिम्पिक भिलेजमा खेलाडीहरूलाई कार्डबोर्डबाट बनेको खाट विशेष उद्देश्यले दिइएको भन्ने चर्चा असत्य भएको पुष्टि गरिदिएका छन्। वातावरणीय र दिगो योजना टोक्यो ओलिम्पिक्स २०२० ले प्रमुख महत्त्व दिएको छ। नवीकरणीय स्रोतबाट विद्युत् आएको छ भने ओलिम्पिक्स टर्च पुनर्प्रशोधित एल्युमिनीअम र पदकहरू पनि पुनर्प्रशोधित यन्त्रबाट निर्माण गरिएका छन्।

    यसका कारण खेलाडीहरूलाई दिइएको कार्डबोर्डबाट बनेको खाटको पछाडि यौन गतिविधि नियन्त्रण गर्ने उद्देश्य भएको आशङ्का गरिएको थियो। केही मिथ्या सूचनामा ती खाट एकभन्दा बढी व्यक्ति सुतेमा भाँच्चिनेगरी बनाइएको र त्यसका उद्देश्य खेलाडीहरूले यौन सम्पर्क नगरून् तथा सामाजिक दूरी कायम राखून् भन्ने भएको दाबी गरिएको थियो। यसका निर्माताहरूले ती खाटमा २०० किलोग्रामसम्म वजन थाम्ने बताएका थिए। अमेरिकी खेलाडी पाउल चेलिमोले सामाजिक सञ्जालमा ती खेलाडीहरूबीच अन्तरङ्ग सम्बन्ध रोक्न लक्षित भएको बताएका थिए। तर यी धावकलाई सामाजिक सञ्जालमा ठट्टा गर्ने प्रयोगकर्ताका रूपमा चिनिन्छ। तर पनि यी खाटहरू यौन सम्बन्ध रोक्न बनाइएको भन्ने हल्ला रोकिएन। यो कुरा यति फैलियो कि आयोजकले आधिकारिक ट्विटरबाट आयरल्यान्डका २१ वर्षीय खेलाडी रिस मक्क्लेनागनलाई धन्यवाद दिनुपर्‍यो।

    यो Twitter पोस्ट छोड्नुहोस्, 1

    Twitter पोस्ट

    उटा भिडिओ बनाए र ती कुराहरू हल्ला मात्रै भएको ट्विटरमा बताएका छन्। ओलिम्पिक्सको खाताबाट उनलाई मिथ्या कुरालाई सच्याएकोमा धन्यवाद भनिएको छ।  बीबीसी

  • ८ श्रावण २०७८, शुक्रबार १६:०९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु