नेपालगन्जको इतिहासमाथि लगातार प्रहार – Dastabej

नेपालगन्जको इतिहासमाथि लगातार प्रहार

स्व. राजा महेन्द्र र स्व. रानी इन्द्र राज्यलक्ष्मी को शालिकमाथि घन बर्साइयो । धातुको शालिक रहेका कारण पूर्णरुपमा तोडफोड हुन सकेन । तर घनको चोटले शालिक जिर्ण बनेको छ ।


  • दस्तावेज

  • नेपालगन्ज— जनआन्दोलनका क्रममा भेरी अस्पताल परिसरमा रहेको स्व. राजा महेन्द्र र स्व. रानी इन्द्र राज्यलक्ष्मी को शालिकमाथि घन बर्साइयो । धातुको शालिक रहेका कारण पूर्णरुपमा तोडफोड हुन सकेन । तर घनको चोटले शालिक जिर्ण बनेको छ । तर भेरी अस्पताललाई जग्गा दान दिने नेपालगन्जका समाजसेवी स्व. औतार देई कसौधन (चौधराइन) को शालिक भने राखिएको थिए । ०७० असोज १३ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले अनावरण गरेका थिए । जग्गा दाताको शालिक महेन्द्रको जीर्ण शालिक नजिकै स्थापना गरिएको छ । जग्गा दाताको स्व. औतर देईको शालिक स्थापना गरिएपछि कसौधन परिवारले सम्मान पाएको महसुस गरेका छन् । बागेश्वरी मन्दिर, मिनी पार्कमा रहेका शालिकहरु पनि तोडफोड गरिए ।
    ०६२।६३ को जनआन्दोलनका क्रममा सदरलाईनस्थित राजा त्रिभुवनको शालिक तोडफोड भयो । त्रिभुवन चोकबाट परिचित त्यस ठाउँमा हाल राष्ट्रिय झण्डा राखिएको छ मधेस आन्दोलन त्यही क्षेत्रबाटै उठ्यो । थुप्रै पटक प्रहरी र आन्दोलनकारीबीच झडप भयो । एक युवाको गोली लागेर कमल अधिकारीको ज्यान गयो । आन्दोलनकारीले त्रिभुवन चोकलाई कमल मधेसी चोक घोषणा गरे । त्रिभुवन वा कमल मधेसी चोक हुने विवाद हालसम्मै कायमै छ । जे होस परिवर्तनको नाममा एउटा इतिहास मेटाउने प्रयास भयो । नेपालगन्ज उपमहानगरपालिकाले त्यस निर्णय गर्न सकेको छैन । त्रिभुवनको शालिक पनि इतिहास मेटाएरै राखिएको थियो । जंगबहादुर राणााले नेपालगन्ज शहर बसाएको जानकार बताउँछन् । राणाहरुको शासनमा त्यहाँ जुद्द शम्सेर राणाको को शालिक थियो । १८६० ताका उक्त चोक खाली थियो । बि.स. १९४२ मा जुद्दशम्सेरको शालिक राखियो । २००७ मा राणा शासन राखिएपछि शाहबंशीय राजाहरुले शासन गर्न थाले । २०१७ मा मरिचमान सिंह प्रधान भएपछि जुद्दको शालिक फाल्न लगाए । राजा त्रिभुवनको शालिक स्थापना गरियो । जनआन्दोलनले त्यो शालिक पनि हटायो । ‘लोकतन्त्र प्रजातन्त्रका लागि आन्दोलन हुनु राम्रो हो । आन्दोलनले हामीलाई परिवर्तन दियो । तर ईतिहास मेट्ने काम राम्रो होईन,’ नेपालगन्जको इतिहास बारे जानकार प्रज्ञा सनत रेग्मी भन्छन्,‘ईतिहास भन्ने चिज नयाँ पुस्ताका लागि पनि आश्यक हुन्छ । त्यसैले संरक्षण गर्नु पर्छ ।’ अझै पनि नाममै विवाद कायम छ । विवादपछि त्यहाँ नेपाली झण्डा फहराइएको छ
    भित्रुवनको चोकको कथाब्यथा झै नेपालगन्ज—कोहलपुर फोरलेन सडकको कारकांदो चोक पनि छ । तत्कालिन खासकारकांदो गाविसको ०५८ को परिषदले राष्ट्रिय बिभुती संखधर स्वाखा नाम राख्ने निर्णय ग¥योे । स्थानीयका अनुसार त्यसअघि उक्त चोकलाई कारकांदो भनिन्थ्यो । पुर्ब राजा ज्ञानेन्द्र शाहले सत्ता हड्पेपछि राजाबादीहरुले त्यसलाई पारस चोक नाम दिए । तर गणतन्त्रपछि उक्त चोक हट्यो । हाल उक्त चोकको नाममा फेरि विवाद हुन थालेको छ । केहीले तत्कालिन खासकारकांदो गाविस परिषदले गरेको निर्णयलाई कार्यान्वयन गर्न माग गर्दै आएका छन् । तर केहीले कारकांदोको पहिचान यथावत राख्नु पर्ने दाबी गर्दै आएका छन् । ‘गाविसले निर्णष्य गरिसकेको राष्ट्रिय बिभुती संखधर स्वाखा चोक कार्यान्वन हुनु पर्छ । राजा ज्ञानेन्द्रका पालामा जवरजस्ती पारस चोक बनाउन खोजिएको मात्रै हो,’ आदिबासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापा भन्छन्,‘शासकहरुले जहिले पनि इतिहास आफ्नो नाममा राख्ने प्रयास गरेको देखिन्छ ।’

    नेपालगन्जको मुटुमा रहेको सुर्खेत रोड, नेपालगन्ज गुलरिया सडकको बीचको धम्बोझी चोकको अवस्था पनि उस्तै छ । नेपालगन्जको धम्बोझीमा यसअघि राजा बीरेन्द्रको शालिक राखिएको थियो । वीरेद्र चोकको नाम अझै पनि कानुनीरुपमा परिवर्तन भइसकेको छैन । तर लोकतन्त्रपछि शालिक भत्काइएको छ । राजाबादीहरुले पटकपटक राजा वीरेन्द्रको शालिक राख्ने प्रयास गर्दै आएका छन् । स्थानीय प्रशासनले हस्तक्षेप गर्दै शालिक राख्न दिएको छैन । हाल वीरेन्द्र चोकलाई धम्बोझी चोक भन्ने गरिएको छ । नयाँ पुस्ताले स्व. राजा वीरेन्द्रको शालिक देख्न पाएन । कतिपय शहरमा अझै पनि राणाकालिन शालिक छन् । तर नेपालगन्जले भने राणा, शाह बंशीय शासकहरुको इतिहास गुमाउँदै गएको छ । ‘वीरेन्द्रचोक मात्रै होइन यसअघि नामाकरण भइसकेका चोक यथावत छन् । नयाँ निर्णय नभएसम्म त्यही नाम कायम रहन्छ,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणा भन्छन्,‘नयाँ स्थानहरुको लिस्ट बनाएर छलफल गर्न बाँकी छ ।’ नेपालगन्जको न्यूरोडमा हाल शहीद सेतु विकको शालिकसहित चोक छ । त्यसअघि ज्ञानेन्द्र चोक थियो । जनआन्दोलन ०६२÷६३ मा ज्ञानेन्द्र चोक तोडफोड भयोे । चोक तोडफोडकै क्रममा प्रहरीले हानेको आश्रु ग्यास लागेर सेतु शहिद भएकी हुन । शहिद सेतुको शालिक पनि पटकपटक तोडफोड भयो । धेरै पल्ट आगजनी भए । कहिले राजाको कहिले शहिदको शालिक तोडफोडले पुराना इतिहासमा प्रहार भइरहेको छ ।

  • ९ श्रावण २०७८, शनिबार ०७:२३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश