निर्वाचित अध्यक्षलाई हटाउन खोज्‍नु गलत : पोखरेल – Dastabej

निर्वाचित अध्यक्षलाई हटाउन खोज्‍नु गलत : पोखरेल


  • दस्तावेज

  • रासस  काठमाडौँ — नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताएका छन् ।

    काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भने, ‘पार्टीभित्र अन्तरसंघर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो । गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो ।’ उनले पार्टीभित्रको खराब आचरण भएका तत्वहरुलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

    वाग्मती प्रदेशसभा सदस्य नारायण सिलवालले पार्टी र स्वतन्त्र रुपमा बस्नु बेग्लै रहेको बताउँदै अनुशासनलाई प्राथमिकता दिएर पार्टी काममा लाग्न आग्रह गरे ।

    काठमाडौं महानगरपालिका–४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत विभिन्न पार्टीबाट आएका करिब ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कामनपा–४ का अध्यक्ष मोहनबहादुर विष्टले एमाले प्रवेश गर्ने युवाहरुलाई विकास निर्माण र समाज परिवर्तनमा लाग्न आग्रह गरे ।

  • ९ श्रावण २०७८, शनिबार ०७:५१ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान