मध्यम तथा लामो दुरीका सवारी साधन चल्ने – Dastabej

मध्यम तथा लामो दुरीका सवारी साधन चल्ने


  • दस्तावेज

  • रासस

    काठमाडौँ — सरकारले उपत्यकामा मध्यम तथा लामो दुरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई उपत्यकाभित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो । सरकारको निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने छ ।नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।काठमाडौं प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो ।प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ । विज्ञप्तिमा नेपाल सरकारले जारी गरेको मापदण्डको पूर्ण कार्यान्वयन गर्न भनेको छ ।

  • ९ श्रावण २०७८, शनिबार ०७:५८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट