भारत पुर्याइएका १४ वर्षीयाका ४ नेपाली किशोरीहरुको उद्दार – Dastabej

भारत पुर्याइएका १४ वर्षीयाका ४ नेपाली किशोरीहरुको उद्दार


  • दस्तावेज

  • नेपालगन्ज । विदेश पठाई दिने भन्दै भारत पुर्याइएका १४ वर्षीयाका ४ किशोरीहरुको उद्दार गरिएको छ । उनीहरुलाई भारत उत्तर प्रदेशको उन्नाउबाट उद्दार गरिएको हो । उद्दार गरिएका मध्ये एक बर्दिया राजापुरका रहेका छन् भने तीन जना कैलालीका छन् । उनीहरुलाई नेपालगन्ज नाकाबाट भारत लगिएको हो । नेपालगन्ज नाकामा कार्यरत गैरसरकारी संस्था शान्ति पुर्नस्थापना केन्द्र नेपालगन्जका भुमिराज भट्टराईका अनुसार उनीहरुलाई विभिन्न प्रलोभन दिएर भारत लगिएको थियो । उद्दार गरिएका उनीहरुलाई शनिबार प्रहरीको सहयोगमा आफन्तको जिम्मा लगाइने उनले बताए । कोरोनाको महामारीमा पनि नेपाली महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारत लैजाने क्रम रोकिएको छैन ।

  • ९ श्रावण २०७८, शनिबार १०:१५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु