टोकियो ओलम्पिक २०२०ः बाँकेकी सोनिया रुसकी इरिना डोल्गोभाबाट पराजित तर ओलम्पियनमा नाम दर्ज – Dastabej

टोकियो ओलम्पिक २०२०ः बाँकेकी सोनिया रुसकी इरिना डोल्गोभाबाट पराजित तर ओलम्पियनमा नाम दर्ज


  • दस्तावेज

  • एजेन्सी — टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका तर्फबाट बाँकेबाट प्रतिनिधित्व गरेकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै पराजित भएकी छन् । उनी रुसकी इरिना डोल्गोभाबाट पराजित भएकी हुन । उनी पराजित भए पनि ओलम्पियनमा नाम दर्ज गराउन सफल भएकी छन् । निप्पोन बुदोकानमा शनिबार बिहानै भएको जुडोको प्रतिस्पर्धामा १९ वर्षीया सोनियाले पहिलो बाउट जित्ने लक्ष्य बनाएकी थिइन् । तर, उनको चुनौती रुसकी इरिना डोल्गोभाले १ मिनेट १६ सेकेन्डमै समाप्त पारिदिइन् । टोकियोबाट ईकान्तिपुरका लागि समाचार सम्पेण गरिरहका खेल पत्रकार राजु घिसिङका अनुसार ग्रान्डस्लाम र युरोपियन च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ पदक जितेकी इरिनाविरुद्ध सोनियाको केही सीप चलेन र नकआउट नै हुनुपऱ्यो ।
    त्यस्तै सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । कल्पनाले महिला १० मिटर एयर राइफलमा ६१६।८ अंक जोड्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरिन् । उनले ५० जना सुटरमध्ये ४६ औं स्थानमा रहेर ओलम्पिक यात्रा टुंग्याइन् । ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी छन् । पौडीमा गौरिका सिंहले जुलाई २७ र अलेक्जेन्डर गाडेगार्ड शाहले जुलाई २८ मा प्रतिस्पर्धा गर्दैछन् । एथलेटिक्सकी सरस्वती चौधरीले ३० जुलाईमा दौडनेछिन् । यी तीन खेलाडीले विश्वव्यापी सहभागिताको आधारमा ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।

     

  • ९ श्रावण २०७८, शनिबार १०:४१ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ