खजुरामा कालिज पालन, एक दिने चल्लाको मुल्य १४ सय – Dastabej

खजुरामा कालिज पालन, एक दिने चल्लाको मुल्य १४ सय


  • दस्तावेज

  • खजुरा (बाँके)– खजुरा गाउँपालिका वडा न. ४ का दिपक पौडेलको दैनिकी कालिज पालनमा बित्ने गरेको छ । उनी बिहानदेखि साँझसम्म आफ्नै बारीमा पालेको कालिजहरुसंग रमाउँछन् । गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरी उनी व्यवसायिक कालिज चरा पालनमा लागेका हुन । हाल उनीसंग १ हजार कालिज छन् । भन्छन्, दशैं पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ । उनले अस्ट्ेलीयाबाट कालिजको अन्डा मगाएर आफैले ह्याचरीड गरी चल्ला निकालेका हुन । एकटा चल्ला एक दिनको १४ सय रुपैंया पर्छ । खान लायक भइसकेको कालिजको एउटाको ३५ सय रुपैयाँमा बिक्री हुन्छ । तौल गर्नुपर्दैन । जति ठूलो होस ३५ सयमा बिक्री गर्ने योजना छ, उनले भने । उनले केही भाले र पोथी कालिज चल्ला बनाउँनका लागि राख्ने र अरु बिक्री गर्ने योजना सुनाए ।

    कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका छन्् । करिव ५० लाख लागतमा कालिज पालनमा लागेका उनले राम्रै आम्दानी गर्ने सोंचमा छन् । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छ । कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौती भनेको तापक्रम हो । २५ डिग्री सेल्सीयसमा कालिज सहजै बाँच्छ । तर बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सीयस तापक्रम पुग्छ । त्यसका लागि पौडेलले नयाँ जुक्ति निकाले । उनले कालिजको अण्डा घरमै मगाएर ह्याचरी गराए । जसका कारण कालिजको चल्ला बाँकेको तापक्रमसंग जुध्न सकोस । खजुरा गाउँपालिका ४ का वडाध्यक्ष तिलकबीर सुनारले मिहनेति कृषक दिपकले सम्भव हुदो रैछ भन्ने कुराको उदाहरण देखाइ दिएको बताए । युवाहरुले यो देशमा यो घर्तीमा सुन फलाउन सक्छन्, उनले भने, वडा र गाउँपालिकाबाट सहयोग गर्ने प्रयास गर्छौ ।

  • ९ श्रावण २०७८, शनिबार १४:३७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता