नेपालगन्ज । बाँकेमा नियन्त्रणमा जस्तो देखिने कोरोना भाइरसको सक्रमण अझै पनि फैलिने क्रममा छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र (डिइओसी) बाँकेका अनुसार शनिबार ३३५ को पीसीआर परीक्षण गर्दा १६ जनामा सक्रमण देखिएको छ । संक्रमित मध्ये ३१ जना होम आईसोलेसनमा छन् । ३५८ को समान्य अवस्थामा उपचार भइरहेको छ । आईसीयुमा २२ र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । कोरोनाका कारण बाँकेमा ३२२ जनाको मृत्यु भइसकेको छ ।