माओवादीमा अकांक्षी धेरै, मन्त्री छान्न सकस – Dastabej

माओवादीमा अकांक्षी धेरै, मन्त्री छान्न सकस


  • दस्तावेज

  • काठमाडौँ — कांग्रेस साभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेलेका सत्तारुढ गठबन्धन अकांक्षी धेरै भएकाले अकांक्षी धेरै भएकाले का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेकोले सकस भएको बताएका छन् । धेरै सांसदले मन्त्री मागेका कारण मन्त्रीको नाम टुंगो लगाउन नसकेको उनले जनाए । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार माओवादी केन्द्रको बैठक बस्ने क्रम जारी छ । तर मन्त्रीको अकांक्षी धेरै भएकाले समस्या भएको माओबादी केन्द्रले जनाएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा शनिबार आयोजित कार्यक्रममा दाहालले मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट भर्खै आएको दाबी गरे । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ?, उनले भने । प्रतिनिधिसभामा माओवादीका सभामुखसहित ४९ सांसद छन् । जसमध्ये दुई जना मन्त्री भइसकेका छन् ।

  • ९ श्रावण २०७८, शनिबार १७:५२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता