९ तोला सुन चोरीको आरोपमा ५ पक्राउ – Dastabej

९ तोला सुन चोरीको आरोपमा ५ पक्राउ


  • दस्तावेज

  • बैतडी । बैतडीको लटिनाथ मन्दिरको ९ तोला सुन चोरीको आरोपमा ५ जना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका १ रिमस्थित उक्त बन्दिरबाट गत पुसमा सुन चोरी भएको थियो । चोरी भएको घटनाको ६ महिनापछि प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार चोरीको सुन खरिद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि पक्राउ गरिएको छ । मन्दिरको ९ तोला सुन चोरी भए पनि प्रहरीले भने पौने चार तोला मात्रै सुन बरामद गरेको छ ।

  • १० श्रावण २०७८, आईतवार ०६:५५ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला