काँकडभिट्टा — झापा प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँ राखेको भन्दै झापा गाउँपालिका(२ बेलाईतिवारी का ४६ बर्षीय गौरी मण्डललाई ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित पक्राउ गरेको छ । मन्डलले भारतबाट लुकाइछिपाइ रकम भित्र्याएको प्रहरीको आरोप छ । उनलाई शनिबार कुमरखोदबाट पक्राउ गरिएको हो ।