मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ – Dastabej

मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ


  • दस्तावेज

  • नेपालगन्ज । गाउँमा रोपाई सकिएको छ । महिलाहरु फुर्सदमा छन् । फुर्सदको फाईदा उठाउँदै महिलाहरु साईलक चढेर नेपालगन्ज मजदुरीका लागि आउने गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका र बाँकेको बैजानाथ गाउँपालिकाका महिलाहरु मजदुरीका लागि नेपालगन्ज आउजाउ गर्न ४० देखि ५० किलो मिटर दुरी पार गर्छन । बिहान खान लिएर बिहानै साईकलमा नेपालगन्ज पुग्छन् । साँझ घर फर्किन्छन् । उनीहरु घर पुग्दा साढे सात ८ सम्म बज्छ । साईकलमा सवार हुलकाहुल महिलाहरु एकबिहान हरेक दिन बर्दियाबाट नेपालगन्ज गएको देख्न सकिन्छ । साईकल पनि गतिला हुँदैनन् । सबैभन्दा सास्ता साईकल हो । साइकल चलाउनु रहर होईन । उनीहरको बाध्यता हो । कामको खोजिमा बर्दियाका सयौं महिलाहरु दैनिक नेपालगन्ज जाने गरेका हुन । पछाडि क्यारिङमा बिहानको खान (कलवा) र दिउसोको खाजा (मिझ्नी) बोक्छन् । समूहमा गफिदै, हाँस्दै बिहान ५ वजे सर्रर साईकिलमा हुइकिन्छन् । श्रम किनमेल हुने बजार नेपालगन्ज पुग्छन् ।घर पर्किदा कहिले रातिको ८ बज्छ । दिनभरीको थकान । बेरी खाएर सुत्ने । बिहान ४ बजे उठ्ेर खान पकाई काम गर्न साईकलका फेरि नेपालगन्ज । बाँकेको सिमावर्ती गाउँका थारु महिलाहरुको यो दैनिकी हो । बर्दियामा उद्योगहरु कमै भएका कारण रोजगारी पाईदैन । बर्दिया बढैयाताल गाउँपालिकाकी शान्ति चौधरीले दैनिक मजदुरीका लागि साईकलमा नेपालगन्ज आउने गरेको बताईन । उनका अनुसार साईकलमा नेपालगन्ज मजदुरी गर्न जान थालेको पाँच वर्षभन्दा बढी भइसक्यो । दैनिक छ÷सात रुपैयाँ कमाउने गरेको उनले सुनाईन । ‘नेपालगन्ज ठूलो बजार छ । त्यसैले काम पाईन्छ,’ उनले भनिन्,‘आफ्नै घरठाउँमा काम पाइए किन त्यति टाढा जानु ।’

    मजदुरी गर्नेहरुले पनि मासिक २० हजार बढी कमाउने गरेको सुनाउँछन् । गाउँका अधिकांश महिला साईकल चलाउन सिकेका छन् । जसका कारण उनीहरुलाई आउजाउमा सहजता छ । ब बारबर्दिया, ठाकुरबाबा, मधुवन, राजापुर नगरपालिका र गेरुवाका युवा तथा महिला मजदुरी गर्न डेरा लिन्छन् । साइकलले उनीहको जीवन सहज बनाई दिएको छ । साईकल नभएको भए यति टाढा मजदुरी गर्न सकिदैन्थ्यो । हिडेर जान सम्भव पनि भएन । आफूले चाहेका बेला गाडी पनि नपाउन सकिन्छ । ‘त्यसैले पोर साल साईकिल किने । अनि नेपालगन्ज मजदुरी गर्न जान थाले,’ सोमबार साईकल चढेर काम खोज्न नेपालगन्ज जा“दै गरेको अवस्थामा बर्दियाको भोलागौडीमा भेटिएकी बाँसगढी नगरपालिका मोतिपुरकी शान्ति चौधरीले भनिन्,‘हाम्रो गाउँबाट मात्रै ५० बढी महिला दैनिक काम गर्न नेपालगन्ज जान्छौ ।’ साइकल चलाउन जानेपछि नेपालगन्ज बस्नु परेको छैन । साइकलले उनीहरुको जीवन गुजारामा सहयोग पुगेको छ । दैनिक साइकल चलाउने गरेका कारण उनीहरुको स्वास्थ्य बनेको छ । मजदुरी गर्न जाने मध्ये सबैजसो महिलामात्रै हुने गरेका छन् । ‘बिहान हिड्यो दिनभरी मजदुरी गरेर साँझ आफ्नै घर आउन सकिएको छ । समूहमा गफ गर्दै साइकल चलाउने हो भने थकाई पनि कम लाग्छ,’ सुनिता चौधरी भन्छन् ।त्यस्तै बर्दियाका महिलाहरुले तरकारी बिक्री गर्न साईकलमै नेपालगन्ज आउने गरेका छन् । उनीहरुले घरमै उत्पादन गरेका कारण माग बढी छ ।

     

  • १० श्रावण २०७८, आईतवार १५:२६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर