नेपालगन्ज । नेकपा एमाले केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमा नेपाल पक्षका नेताहरुबीच चर्काचर्की भएको छ। आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका केपी पक्षका नारदमुनि राना र नेपाल पक्षका सांसद दीपकप्रकाश भट्टबीच भनाभन भएको हो । दुई जनाको भनाभनमा नेपालले सांसद रानालाई प्रतिगमनकारीको पक्षधार रहेको भन्दै बैठकबाट बाहिर जान निर्देशन दिएका छन् । सांसद नारदमुनि रानाले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताएपछि सांसद भटट र नेपाल आक्रोसित बनेका थिए । त्यसअघि नेता नेपालले अदालबाट प्रतिगमन पराजित भएको भन्दै सांसदहरुलाई बधाई दिएका थिए ।