काठमाडौँ — बंगलादेशले आन्तरिक कारण देखाएर प्रतियोगिता नगर्ने भनेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गरेको छ । बंगलादेशले प्रतियोगिता नगर्ने भनेपछि अरु मुलुक आयोजक हुनसक्ने सम्भावना बढेको हो । यसअघि नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्सले पनि प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएका थिए । शुक्रबार नेपालले महा संघसामु प्रतियोगिता आयोजनाका कार्यक्रम प्रस्तुत गरेपछि नेपालमा साफ गराउने सिफारिस गरिएको छ । नेपालले उक्त अवसर पाए अक्टोबरमा प्रतियोगिता हुनसक्ने छ । प्रतियोगितामा ५ देशको सहभागिता रहनेछ ।