क्यामेरामा कैद भएपछिः माग्ने बनिन रातारात संसारकै चल्तीको मोडेल – Dastabej

क्यामेरामा कैद भएपछिः माग्ने बनिन रातारात संसारकै चल्तीको मोडेल


  • दस्तावेज

  • फिलिपिन्सकी उनि १३ वर्षकी हुँदासम्म सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रूपमा आबद्ध भएकी छिन् । यसका साथै उनी एक चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । उनको इन्स्टाग्राममा लाखौ फलोअर्स पनि छन् । धेरैले उनको तस्बिरहरू मन पराएका छन् । उनको यो सफलतामा एउटा तस्बिरकाको ठूलो भुमिका रहेको छ ।

    जसले जिन्दगी कायापलट पारिदियो । रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे । भने आमा उनी लगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । त्यो समय सम्म उक्त घरको कोही पनि बच्चा स्कूल गएका थिएनन् ।

    उनको परिवारलाई खान धौधौ थियो त्यसकारण रिटाले मानिसहरूसँग पैसा वा खानेकुरा माग्दै हिड्ने गर्थिन् । त्यतिबेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका फोटोग्राफर तोफरले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

    सोही क्यामराको एउटा क्लिक अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो १३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । त्यसपछी उनको चर्चा संसारभर चुलियो । अहिले पनि उनको फोटो भिडियो सडकमा माग्दै हिडेको फोटो संग तुलना गर्दै भाईरल भैरहन्छ । अहिले उनको आफ्नै गाडी छ बङ्गला छ ।

    उनि १३ वर्षकी हुँदासम्म सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रूपमा आबद्ध भएकी छिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे । भने आमा उनी लगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । उनको परिवारलाई खान धौधौ थियो त्यसकारण रिटाले मानिसहरूसँग पैसा वा खानेकुरा माग्दै हिड्ने गर्थिन् ।

     

  • १० श्रावण २०७८, आईतवार १८:०४ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ