बर्दियामा कोरोनाबिरुद्धको खोपः लेखाजोखा छैन, पालिकाले अभिलेख बुझाएनन्, दुरुपयोगको चौतर्फी आलोचना - Dastabej

बर्दियामा कोरोनाबिरुद्धको खोपः लेखाजोखा छैन, पालिकाले अभिलेख बुझाएनन्, दुरुपयोगको चौतर्फी आलोचना


  • दस्तावेज

  • नेपालगन्ज । सरकारले लक्षित बर्गका लागि ल्याएको कोरोनाबिरुद्धको खोपको बर्दियाका स्थानीय सरकारहरुमा चरम दुरुपयोग भइरहेको भन्दै सार्वजनिक सन्जालहरुमा तिब्र आक्रोस पोखिएको छ । कोरोना खोपको दुरुपयोग गर्नेहरुको अनुसन्धान गरी कारवाहीको माग उठ्न थालेको छ । तर लक्षित वर्गभन्दा पनि पहुँचवालाहरुले खोप लिएकाले कसले कारवाही गर्ने ? कसले अनुसन्धान गर्ने बारे शंका जनाइएको छ । कोरोनाबिरुरद्धको खोप दुरुपयोग भएको खबर सामाजिक सन्जालमा भाइरल बनिरहँदा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले पनि त्यसको ठोस जवाफ दिन सकेको छैन ।

    उसले स्थानीय सरकारलाई पठाईएको खोप खपत, बचत र लक्षित वर्गले लगाएको संख्याको विवरण उपलब्ध नगराइएको जनाइएको छ । ‘हामीले लक्षित वर्गलाई तोकिएको मात्रामा खोप पठाएका छौँ । तर कतिले लगाए, कति बाँकी भन्ने विवरण पालिकाका स्वास्थ्य शाखाहरुबाट आइसकेको छैन,’ स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले भने,‘सबै अभिलेख आएपछिमात्रै दुरुपयोग बारे भन्न सकिन्छ ।’

    उनका अनुसार बर्दियामा पहिलो चरणमा कोभिसील खोप ३३, ८३० डोज आएको थियो । लगाएका ३३ हजार ८२ जनाले खोप लिए । १० प्रतिशत खोप बिग्रिएको हुनसक्ने गिरीले जनाए । पछिल्लो पल्ट ३९६३४ भेरोसेल खोप आयो । ३८६४० जनाले खोप लिए । ७ सय डोज खोप स्वास्थ्य कार्यालयमा छ । १ लाख ९४ हजार अझै खोप लिन बाँकी छन् ।

    पहिलो पल्ट ७० वर्ष समूहलाई खोप दिइएको थियो । त्यसपछि ५५ वर्षीयहरुलाई खोप दिइयो । पछिल्लो पल्ट शिक्षकहरुलाई खोप लगाइएको छ । उमेर समूह र शिक्षकहरुलाई खोप दिंदा खोपको चरम दुरुपयोग भएको प्रत्यक्षदर्शी बताउँछन् । ‘५५ वर्षकालाई खोप लगाउन भनिएको थियो । मैले ५८ वर्षीया आमालाई लिएर जाँदा खो लगाई दिएनन्,’ राजेन्द्रप्रसाद पाण्डे भन्छन्,‘खोप पनि पहुँचकै भरमा लाग्दो रहेछ ।’
    बर्दियाका ८ स्थानीय सरकारले कोरोनाबिरुद्धको खोपको अभिलेख स्वास्थ्य कार्यालयमा पठाउन ढिलाई गरेकाले दुरुपयोगको एकिन अवस्था पत्ता लाग्न ढिलाई भएको छ । बाँंसगढी नगरपालिकाका जोहन अधिकारीले शिक्षहरुलाई खोप लगाउँने दिन गैर शिक्षकहरुको नामावली पठाएर खोप दिएको जनाए । ‘गैर शिक्षकहरुको नाम पनि खोप लगाउने दिन शिक्षक भनेर पठगाएको देखियो,’ उनले भने ।
    बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले पनि कोरोनाबिरुद्धको खोप दुरुपयोग भइरहेको भन्दै असन्तुष्टि जनाए । उनले पहुँच र पावर भएका व्यक्तिहरुबाट खोपको दुरुपयोग भइरहेको भन्दै छानबीनसमेत हुननसकेको गुनासो गरे । स्थानीय सरकार आएपछि स्वास्थ्य शाखाहरु पहिलेका भन्दा बढी स्वतन्त्र छन् । जिल्ला स्वास्थ्य कार्यालयले समन्वयबाहेकका कामहरु गर्न सकेको छैन । ‘हामीले खोप पठाएका छौँ । विवरण आइसकेको छैन, गिरीले भने ।

  • ११ श्रावण २०७८, सोमबार ०६:३३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा