काठमाडौँ — जनता समाजबादी पार्टीको अधिकारितालाई लिएर निर्वाचन आयोगले सोमबार महन्थ ठाकुर र उपेन्द्र पक्षलाई बहुमत–अल्पमत परीक्षण गर्ने अवसर दिएको छ । त्यसका लागि केन्द्रीय कारणी नेताहरुको हेड काउन्ट हुने छ । हत्या अभियोगमा डिल्ली बजार जेलमा सजाय भोगिरहेका जसपाका सासद रेशम चौधरीलाई पनि निर्वाचन आयोगमा उपस्थित गराउने खबर सार्वजनिक भएका छन् । सांसद चौधरी ने तठस्ट बस्ने बताइएको छ । यादवपक्षीय नेताहरुले आफ्ना पक्षका नेताहरुलाई रिसोर्टमा राखेको छ । को आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गर्ने अघिल्लो दिन नै जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरू गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन् । रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३२ जना उपस्थित छन् । तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् ।सर्वोच्च अदालतले जसपाका अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको छ ।
रिसोर्टमा को–को छन् ?
१) उपेन्द्र यादव
२) अशोककुमार राई
३)बाबुराम भट्टराई
४) राजेन्द्रप्रसाद श्रेष्ठ
५) महेन्द्र राय यादव
६)नवराज सुवेदी
७) परशुराम खापुङ
८) युवराज कार्की
९) रकम चेम्जोङ
१०) रेणुकुमारी यादव
११)लालबाबु राउत
१२)हिसिला यमि
१३) हेमराज राई
१४)गंगानारायण श्रेष्ठ
१५)रणध्वज लिम्बू
१६)रामसहायप्रसाद यादव
१७)डम्बरबल्लभ खतिवडा
१८)दानबहादुर विश्वकर्मा
१९)प्रकाश अधिकारी
२०)मो.इस्तियाक राई
२१)दुर्गा सोंव
२२) परशुराम बस्नेत
२३)प्रशान्त सिंह
२४)भक्तबहादुर शाह
२५) सुशीला श्रेष्ठ
२६) विजयकुमार यादव
२७) रामनरेश राय यादव
२८) मृगेन्द्रकुमार सिंह
२९)नवलकिशोर साह
३०) गजाधर यादव
३१) रमेश यादव
३२) अमृता अग्रहरि