नेपालगन्ज — जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । त्यस्तै सोमबारदेखि मनुसुन सक्रिय हुने भन्दै देशभरी हल्का तथा कुनै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।् बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको मौसमविद् जनाएका छन् ।