मल किन्न तीन दिनदेखि लाइनमा, किसान भन्छन्– ‘धान दोहोर्‍याएर रोप्नुपरेको छ तर मरिगए मल पाइन्न’ – Dastabej

मल किन्न तीन दिनदेखि लाइनमा, किसान भन्छन्– ‘धान दोहोर्‍याएर रोप्नुपरेको छ तर मरिगए मल पाइन्न’


  • दस्तावेज

  • जनकपुर — धनुषाको जनकल्याण सहकारी संस्था सबैला नगरपालिका–११ इनर्वाका सञ्चालक मनमोहन यादवले शुक्रबार एक सय बोरा युरिया र ३० बोरा डीएपी मल किन्न जनकपुरस्थित कृषि सामग्री लिमिटेडमा नगदी रसिद कटाए । तर आइतबार अपराह्नसम्म उनको मल बोक्ने संस्थाको ट्र्याक्टर कृषि सामग्री परिसरमै थियो । नकपुरस्थित कृषि सामग्री लिमिटेडअगाडि मल लिन लामबद्ध ट्य्राक्टर । शनिबार राति २ बजेदेखि ट्र्याक्टरसहित मलका लागि लाइन लागेका पूर्वी धनुषा गोठ कोयलपुरका ट्र्याक्टर चालक सुरेश महरासँग पनि शुक्रबार काटेकै रसिद थियो । उनले पनि आइतबार मध्याह्नसम्म मल पाउन सकेका थिएनन् । मल बोक्न धनुषा र महोत्तरीबाट आएका झन्डै ८० ट्र्याक्टर रातिदेखि नै जनकपुरको जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कृषि सामग्री लिमिटेडको गोदामअघि लाइनमा छन् ।

    पछिल्लो पटक सरकारले स्थानीय सरकारको अनुमति प्राप्त सहकारी संस्थामार्फत गाउँसम्म मल आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । धनुषा र महोत्तरीका १ सय ८३ सहकारी संस्थामार्फत किसानलाई मल आपूर्ति गरिँदै आएको कृषि सामग्री लिमिटेडका लेखा प्रमुख बेचन साहले जानकारी दिए । पछिल्लो तीन–चार दिनदेखि मल आपूर्तिमा समस्या उत्पन्न हुँदा किसानलाई मर्का परेको उनले स्विकारे । जनकपुरको कृषि सामग्री लिमिटेडमा प्रादेशिक कार्यालय वीरगन्जबाट मल आपूर्ति हुन्छ । ढुवानीको दररेट बढाइएकाले मल आपूर्तिमा समस्या भएको हो ।जनकपुरको कृषि सामग्री शाखाले वार्षिक ६ हजार टन युरिया र ५ हजार टन डीएपी बिक्री गर्ने लक्ष्य राखेको छ । तीमध्ये गत आर्थिक वर्षमा जनकपुर शाखालाई ३ हजार ५ सय २५ टन युरिया र ४ हजार ५ सय २५ टन डीएपी मात्र उपलब्ध गराइएको थियो । उपलब्ध मलको कोटा बिक्री भइसकेको छ । सोमबारसम्म वीरगन्जबाट मल आपूर्ति भएन भने किसानलाई थप कठिनाइ हुने लेखा प्रमुख साहले बताए ।

    धनुषामा धान उत्पादन हुने ५४ हजार हेक्टरमध्ये ८० प्रतिशतमा रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्रको दाबी छ । तर रोपाइँ भएको कैयौं क्षेत्रमा दोहोर्‍याएर रोप्नुपरेको किसानले गुनासो गरेका छन् । सुरुमै रोपाइँ भएको खेतमा छर्किनुपर्ने मलको आभाव छ । यस वर्ष समयमै पानी परेकाले रोपाइँ अलि छिटो भएको केन्द्रका बालीविद् प्रदीप यादवको भनाइ छ । जलाद, जमुनी र कमला नदी किनार र पानी जम्ने जनकपुरधाम उपमहानगरपालिकास्थित बेंगा, शिवपुरलगायतका गाउँमा रोपाइँ भइसके पनि धेरैजसो स्थानमा फेरि धान रोप्नुपरेको छ । जमुनी र जलाद नदी वरपर रहेको सयौं बिघामा रोपिसकेको धान दोहोर्‍याएर रोप्नुपरेको औरही गाउँपालिका–१ पौडेश्वरका किसान विजयकुमार यादवले गुनासो गरे । जमुनी नदीको पश्चिमी तटबन्ध भत्किएपछि त्यसले रोपो बगाएको थियो । ‘पहिलो पटक रोपेको धान अत्यधिक पानीका कारण बिग्रियो । पानीले केही बगायो पनि । अब फेरि रोप्नुपरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा मल मरिगए पाइएको छैन । हामीलाई दोहोरो समस्या भएको छ ।’ ईकान्तिपुरबाट

  • ११ श्रावण २०७८, सोमबार ०८:०९ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त