जसपाको अधिकारितामा सांसद रेशम तटस्थ बसे, यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य – Dastabej

जसपाको अधिकारितामा सांसद रेशम तटस्थ बसे, यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य


  • दस्तावेज

  • नेपालगन्ज— जनता सामाजबादीका सांसद रेशम चौधरी महन्ठ ठाकुर र उपेन्द्र यादव पक्षलाई मत नदिएर तटस्थ बसे । उनले दुबै पक्ष आफ्ना लागि जसपा पार्टी भएको भन्दै तटस्थ बसेका हुन । उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको जनाए । सोमबार डिल्ली बजार जेलबाट निर्वाचन आयोगमा पुगेका उनले पक्ष विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले नदिने बताए । लागि पक्ष र विपक्ष दुवै जसपा हो, उनले भने ।

    उनले कुनै एक पक्ष जित्ला र कुनै पक्ष हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरेका छन् ।
    ५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी सदस्यमा ३४ जनाले अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जना र चौधरी तटस्थ बसेका हुन् ।
    जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।

  • ११ श्रावण २०७८, सोमबार १६:०३ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान