घरघरमा ज्वरोको विरामी,गरिदैन कोरोना परीक्षण - Dastabej

घरघरमा ज्वरोको विरामी,गरिदैन कोरोना परीक्षण


  • दस्तावेज

  • नेपालगन्ज । बर्षा सिजन सुरु भएसंगै भाइरल ज्वरोका विरामी बढेका छन् । स्वास्थ्य संस्थाहरुमा ज्वरोका विरामी बढेका छन् । गाउँघरमा रहेका मिडिकलहरुमा पनि उस्तै भिड हुने गरेको छ । बर्षामा फोहेोर पानी हुने र उखरमाउलो गर्मीका कारण सर्वसाधारणहरुको स्वास्थ्यमा असर पर्ने गरेको हो । ज्वरो आएमा कोरोनाको सक्रमण हुने खतरा अधिक रहन्छ । तर ज्वरो आएका कमै विरामीले पीसीआर र एन्टीजेन परिक्षण गराएका छन् । जसका कारण कोरोनाको संक्रमण फेरि पनि भुसको आगोजस्तै फैलिनसक्ने खतरा बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्थानीयका अनुसार गाउँघरमा घरघरमा ज्वारोको विरामी छन् । ‘ज्वरोको सिजन नै हो । साउन भदौमा ज्वरो त आउँछ नै । असोजसम्म यस्तौ हुन्छ,’ बाँके नरैनापुर गाउँपालिकाका जगदीश गोडिया भन्छन्,‘बर्षा लागेपछि घरघरमा रुघाखोकी र ज्वरोको विरामी हुन्छन् । यो वर्ष मात्रै होईन अरु वर्षमा पनि यस्तै हुन्थ्यो ।’
    नेपालगन्जस्थित भेरी अस्पताल र शिक्षण अस्पतालमा पनि विरामीको चाँप बढेको छ । भेरी अस्पताल नेपालगन्जका कन्सलटेन्ट प्रमुख तथा फिजियिन डा. राजन पाण्डेले आफ्नो वार्डमा मात्रै दैनिक डेढ सयभन्दा बढी विरामी आउने गरेको बताए । उनका अनुसार ति मध्ये करिव २० प्रतिशत ज्वारोको विरामी हुने गरेका छन । ‘ज्वरो देखिएका विरामीले पीसीआर परीक्षण गराउन आवश्यक छ । परीक्षण नै नगरेर उपचार गराउने हो भने ज्वरोभन्दा पनि कोरोनाको संक्रमण अझ बढ्न सक्छ,’ उनले भने,‘ज्वरो आएकालाई कोरोनाको संक्रण हुनसक्छ । परीक्षण नगराई घरमा बस्ने हो भने परिवारमै कोरोना घुलमिल हुनसक्छ ।’
    भाइरल सरुवा रोग भएकाले कोरोनामा अपनाइने सबै सतर्कता अपनाउनु पर्ने चिकित्कहरुको सुझाव छ । रुघा लागेका र ज्वरो आएका सर्वसाधारणहरु गाउँको मेडिकलमा भर नपरी अस्पतालमै जाँच गराउन जानुपर्ने उनीहरु बताउँछन। भेरी अस्पतालमा दैनिक चार सय र उत्तिकै संख्यामा शिक्षण अस्पतालमा उपचारका लागि सर्वसाधारण पुग्छन् । बर्षा सिजनमा ज्वरो, रुघखोकी, झाडापाखाला र छालाका रोग बढी देखिने गरेको हो ।

  • १२ श्रावण २०७८, मंगलवार १३:१६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार