उत्तर र दक्षिण कोरियाबीचको हटलाइन पुन: सुरु – Dastabej

उत्तर र दक्षिण कोरियाबीचको हटलाइन पुन: सुरु


  • दस्तावेज

  • सोल — उत्तर र दक्षिण कोरियाबीच पुन: हटलाइन सुरु भएको छ । उत्तर कोरियाले गत वर्षको जुन महिनामा दुई देशबीचको हटलाइन बन्द गरेको थियो ।  दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका अनुसार दुई देशबीच पुन: आपसी विश्वास बढाउन र सम्बन्ध सुधार्न हटलाइन सुरु गरिएको हो । राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखबीच अप्रिलयता कैयौं पटक पत्र आदान–प्रदान भएको छ । एउटा बैठक असफल भएपछि दुई मुलुकबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि सन् २०२० को जुनमा उत्तर कोरियाली एकतर्फी रुपमा हटलाइन बन्द गर्ने घोषणा गरेको थियो । दुई देबशीच सन् २०१८ देखि सम्बन्ध सुधारका लागि विभिन्न प्रयास भए पनि त्यसले ठोस रुप भने लिन सकेको छैन । यसबीचमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनबीच तीन पटक वार्ता भइसकेको छ । किम र तत्कालीन अमेरिकी राष्ट्रपतिबीचको वार्ता असफल भएपछि उत्तरको दक्षिण कोरियासँग पनि सम्बन्ध बिग्रिएको थियो । एजेन्सी

  • १२ श्रावण २०७८, मंगलवार १३:५८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु