बिद्यालयमा बृहद यौनिकता शिक्षा प्रभावकारी बनाउने प्रतिबद्धता – Dastabej

बिद्यालयमा बृहद यौनिकता शिक्षा प्रभावकारी बनाउने प्रतिबद्धता


  • दस्तावेज

  • नेपालगन्ज ।बृहद यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सेवा तथा ज्ञानहरुलाई बिद्यालय र समुदाय स्तरसम्म लैजाने प्रतिबद्धता सहित पालिकास्तरीय संवाद कार्यक्रम गरिएको छ । संवाद कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका उपप्रमुख सुुशिला गिरीले पालिकाका सबै वडाहरुमा बाल क्लब र किशोरी क्लबहरुलाई पुर्नगठन गरी सक्रिय बनाईने गरी योजना तथा बजेट व्यवस्था गरिने जनाईन । उनले गुलरिया वडा नं ६ को बिद्यालयमा किशोरकिशोर मैत्री स्वास्थ्य सेवाको लागि एक कोठाको व्यवस्था गरिएका बताईन । उक्त अभ्यासलाई अन्य वडाहरुमा लागु गर्नका लागि पहल गरिने उनको प्रतिबद्धता छ ।

    बिद्यालयहरुमा यौनिकता र यौन तथा प्रजनन स्वास्थ्यको बिषयमा पठन पाठन प्रभावकारी हुन नसकेको र शिक्षकहरुले उक्त बिषयलाई महत्व नदिएको शिक्षा शाखा अधिकृत प्रतिक यादवले बताए । उनले बिद्यालयमा बृहद यौनिकता शिक्षा पठनपाठनलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने जनाए । संवाद कार्यक्रममा वडाअध्यक्षहरुले किशोरीहरुको अधिकार र प्रजनन स्वास्थ्य र अधिकार हरुको बारेमा जनचेतना फैलाउने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताए ।कार्यक्रममा स्थानीय जनप्रतिनिहरु महिला शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, प्रधानाध्यापक, शिक्षक र किशोरीहरुको सहभागिता थियो । संवाद कार्यक्रममा बिग्रुप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारले स्वागत मन्तव्य राखे भने दिनेश कुमार चौधरीले परियोजनाको बारेमा जानकारी गराए । कार्यक्रमको सहजिकरण प्रकाश उपाध्यायले गरे । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा भेरी वातावरणिय विशिष्टता समुह (बि ग्रुप) बाँके ले बर्दिया जिल्लाको गुलरिया नगरपालीका, बढैयाताल गाउँपालीका, राजापुर नगरपालीका र बाँसगढी नगरपालीका मा बाल विवाह, छिटो विवाह र जबरजस्ति बिवाह रोकथाम परियोजना सञ्चालन गरिरहेको छ ।

  • १२ श्रावण २०७८, मंगलवार १६:२१ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त