साईकल चलाएर प्रति किलोमिटर रुपैयाँ १ हजार, यसरी पूरा भयो कोरा – Dastabej

साईकल चलाएर प्रति किलोमिटर रुपैयाँ १ हजार, यसरी पूरा भयो कोरा


  • सतिश निरौला

  • गत साउन २ गते अर्थात् १७ जुलाई मा देशभर साइकलको एउटा महत्वपूर्ण कार्यक्रम हुँदै थियो । त्यो एकप्रकारको साइकल को जात्रा नै हो । अर्थात कोरा। कोरा तिब्बती भाषा को शब्द हो । यसको अर्थ परिक्रमा भन्ने हुन्छ । अर्थात साइकल बाट धार्मिक स्थलहरुको परिक्रमा । यो कार्यक्रम देशका प्रायः सबै शहरहरु मा भयो, हजारौं साइकलेहरुले यस कार्यक्रममा सहभागिता जनाए । मैले छुटाउने त कुरै भएन किनकि म त आजभोलि साइकलको क्रेजी भएको छु । मैले नि कार्यक्रममा सहभागिताको लागि रजिस्ट्रेसन गरे। रजिस्ट्रेसन गरेसङ्गै मेरो मनमा एउटा प्रश्न आयो । यसपटकको कोरा एउटा मिसन अर्थात् सामाजिक काम का लागी किन नगर्ने ? त्यसपछि मैले योजना बनाए सन्तानेश्वर महादेव मन्दिर क्षेत्रमा खानेपानी ब्यबस्थापनको यो योजना उब्जनु कारण थियो, म साइकल लिएर त्यहाँ पुग्दा देखिएको खानेपानी को समस्या ।
    मैले मेरो फेसबुक वालमा एउटा स्टाटस पोस्ट गरे । मैले १०० किलोमीटर साइकल चलाउछु के तपाईं स्पोन्सर गर्नुहुन्छ ? प्रति किलोमिटर रुपैयाँ १ हजार को दरले स्पोन्सर स्वेच्छिक रूपमा गर्न सक्नुहुनेछ जुन१०० किलोमीटर बापत प्राप्त रकम रु १ लाख सन्तानेश्वर महादेव क्षेत्रमा खानेपानी ब्यबस्थापनको लागी खर्च गरिनेछू । यो पोस्ट गरेको २४ घन्टा भित्र झन्डै ४० किलोमीटर को स्पोन्सर प्राप्त भयो । ५ औं दिनमा त १०० किलोमीटर स्पोन्सर पुरा भैसकेपछि मैले स्पोन्सर गर्न ५८ जनालाई धन्यवाद दिदै अब थप स्पोन्सर नलिने जानकारी फेरि आफ्नो फेसबुक बाल मार्फत सार्वजनिक गरे । त्यसपछि पनि धेरै शुभेच्छुक साथिभाइहरुको सहयोग गर्न चाहेको म्यासेजहरु आए । मैले हाल यो अभियान तत्काललाई पुरा भएको र त्यहाँ थप रकम अझै आवश्यक रहने भएकोले काम सुरु भएपछि सहयोग गर्नुहोला भन्दै सबै लाई धन्यवाद दिए। यसरी मैले एउटा नयाँ अभ्यास गरे मैले त्यसदिन को कोरा परिक्रमा अन्तर्गत को १०० किलोमीटर स्पोन्सर गर्ने ५८ जनाका नाममा गरे भने बिहान् ५ बजे खजुरा घरबाट सुरु भएको मेरो साइकल यात्रा नेपालगन्ज बागेश्वरी मन्दिर, हुँदै नगरपरिक्रमा गरेर कोहलपुर , बाँसगढी, सत्खलुवा, रम्भापुर, माछागढ, जब्दिघाट, गुलरिया, मोहम्मदपुर,सितलाबजार, मैनापोखर, भोलागौढी हुँदै खजुरा राती९.३० बजे १६ घन्टा ३० मिनेट को यात्रा मा १३१ किलोमीटर पार गरेर पुगे।
    यसरी साइकल चलाएर पनि सामाजिक अभियान लाई सहयोग जुटाउन सकिने रहेछ भन्ने एउटा सन्देशसहित आफ्नो साइकल यात्रा पुरा गर्दा खुुसी पनि लागेको छ ।

  • १३ श्रावण २०७८, बुधबार ०६:४६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु