मध्यपहाडी राजमार्गका आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा – Dastabej

मध्यपहाडी राजमार्गका आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा


  • रासस

  • काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल ९मध्यपहाडी० राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।सो राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ । ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले मंगलबार मुद्दा दायर गरेको हो । आयोगले आयोजनाका तत्कालीन इञ्जिनीयर दीपककुमार खड्का, तत्कालीन सवइञ्जिनीयर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँल र निर्माण व्यवसायी महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध समान बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

  • १३ श्रावण २०७८, बुधबार ०७:१५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त