एजेन्सी— नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० को पौडी महिला १ सय मिटर फ्रिस्टाइलमा बुधबार प्रतिस्पर्धा गदैछिन् । उनले नेपाली समय अनुसार दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछिन । गौरिका हिट वानमा रहेकी छिन् । उनीसंगै नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् । यतानेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले टोकियो ओलम्पिक २०२० को पुरुष १ सय मिटर फ्रिस्टाइल ५३।४१ सेकेन्डमा पूरा गर्दै मंगलबार यो स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।