सिंहदरबारको शक्ति छ भन्ने लागेको थियो तर त्यस्तो रहेनछ—वडाध्यक्ष हमाल – Dastabej

सिंहदरबारको शक्ति छ भन्ने लागेको थियो तर त्यस्तो रहेनछ—वडाध्यक्ष हमाल


  • दस्तावेज

  • स्थानिय जनप्रतिनिधिहरु निर्वाचित भएर आएको चार बर्ष बित्यो । कार्यकाल एक बर्ष मात्रै छ । यो समय भनेको स्थानीय जनप्रतिनिधिहरुको कामको मुल्यांकन गर्ने समय पनि हो । साथै जनप्रतिनिधिहरुलाई थप जिम्मेबारी बोध गराउने समय पनि हो । स्थानीय जनप्रतिनिधिहरुले चुनावको बेला जनतामाझ गएर बिभिन्न बाचाहरु गरेका थिए । आफ्नो घोषणपत्रमा बिभिन्न बिकासका प्रतिबद्धताहरु समेत गरेका थिए । यो समय भनेको ती घोषणपत्र र बाचा गरे अनुसारका काम भए कि भएनन् ? यसको मुल्यांकन गर्ने काम स्थानीय नागरिकहरुको हो । वडामा भएको बिकासका सन्दर्भमा अहिले स्थानीय जनप्रतिनिधिहरु खुलेर बोल्ने गरेकाछन् । त्यस मध्येका एक हुन् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल । खेल क्षेत्रबाट पहिचान बनाएका वडा अध्यक्षले निर्वाचित भएको ४ बर्षको अबधिका बिकासप्रेमी र जनताप्रेमी जनप्रतिनिधिको रुपमा पनि पहिचाना बनाउन सफल भएका छन् । उनीसंग दस्ताबेज डटकमले गरेको कुराकानीः
    तपाईले देखिने गरी के के काम गर्नु भयो ?
    वडा कार्यालय, स्वास्थ्य चौकीको भवन , पुरानो बिद्यालयको जिर्णोद्धार , लामो समय देखि बन्न नसकेको बाटोघाटोको निर्माण भयो । बालबिवाह मुक्त वडा घोषण भयो । नेपालगन्जको प्रसिद्ध धार्मिक पर्यटकीय ठाउँको रुपमा प्रसिद्ध बगेश्वरी मन्दिर, बौद्ध गुम्बा, हनुमानगढी मन्दिर, बाल्मिकी मन्दिर र सर्बजनिक ठाउँहरुमा फ्रि वाइफाईको जडान भयो ।
    अब के के गर्न बाँकी छ ?

    काम गर्न त धेरै बाँकी छ । अब सामाजिक बिकास तर्फ हामी काम गर्दैछौ । अबको जोड भनेको बालमैत्री वडा बनाउन बनाउने हो ।

    चार वर्षको काम गर्नु भयो । नागरिकले जनप्रधिनिधिको प्रसंशा गर्छन कि आलोचना ?
    अबको चुनावले त्यसलाई पुष्टि गर्ला ? प्रशंसा पनि गरेका छन् । आलोचना पनि गरेका छन् । सुझावा पनि दिएका छन् । समाग्र भन्नु पर्दा मेरो आफ्नो स्वमुल्यांकनले केही गरेको जस्तो लाग्छ । त्याई भएर स्थानीय नागरिकले मिश्रित प्रतिक्रिया दिएकाछन् ।
    तपाईले गरेको बाचा अनुसार अझै गर्नु पर्ने काम के छ ?
    छ . धेरै काम गर्न बाँकी छ । पराम्परागत तरिकाको बस्तीमा छ । हामी आउनु भन्दा पहिलेको जुन योजाबिहिन बस्ती, नाला र रोडहरु छन् । यो बषको योजनाले त्यसलाई सम्बोधन गर्छहोला । यो बर्ष त्यसलाई जतिसकिन्छ त्यती गर्ने, बाँकी क्रमागत गरेर छोड्दिने आर्को नेतृत्वले त्यसलाई पुरा गर्छा । खास गरेर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को लागि अबको चुनौती भनेको सरसफाई पनि हो । यो सरसफाईमा पनि केही नयाँ योजनाहरु दिइम ।
    त्यसो भए यो जनप्रतिनिधिको भुमिका निभाउदाको चुनौती के रहेछ ?

    चुनौती के रहेछ भने हामी आउने बित्तिकै हामीलाई सिंह दरबारको शक्ति भन्ने हामीलाई लागेको थियो तर त्यस्तो रहेनछ । तर पनि हामीले आफ्नो अधिकार लिनाका लागि कानुन बनाइम, ऐनहरु परित गरिम, बिद्येयकहरु लिएर आइम, नेपालगन्ज उपमहानगरपालिकामा कानुन बनाउदै, बिकास निर्माणको काम गर्दै, धेरै कामहरु भयो आउने नेतृत्वको लागि समेत र बैधानिक रुपले प्रष्ट भएको ऐन कानुनले प्रष्ट भएको नेपालगन्ज उपमहानगरपालिका अझै आउनेले नेपालगन्जलाई महानगरपालिका बनाउला भन्ने बिश्वास छ । त्यसको ड्राफ्टहरु हामीले तयार परिदिएकाछौ ।

  • १३ श्रावण २०७८, बुधबार १४:१८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ