नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए – Dastabej

नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए


  • दस्तावेज

  • नेपालगन्ज— कर्णाली प्रदेश सुर्खेतकी सरीता सुनार नेपालगन्ज नाका भएर भारत पसेको एक वर्ष बित्यो । उनको अवस्था अझै पनि अज्ञात छ । बाँके कोहलपुरकी सुनीता शर्मा भारत गएको दुई वर्ष बढी भयो । उनको अवस्था पनि खुलेको छैन । सरीता, सुनिाता मात्रै होईनन्, नेपालगन्ज नाका भएर भारत गएका कर्णाली, लुम्बिनी लगायत प्रदेशका साढे ३ सय बढी महिला हराएको भन्दै खोजीका लागि उजुरी परेको छ । कोरोना भाइरसको महामारीले नेपालभारत सीमा बन्द गरिए पनि भारत लगेर नेपाली महिला हराएको घटना भने रोकिएनन् । तर कोरोनाको महामारीले गत वर्षभन्दा कम महिलाहरु भारत गएका छन् ।
    कोरोना संक्रमण सुरु हुनअघि नेपालगन्ज नाका भएर भारत गएका यस क्षेत्रका साढे सात सय बढी नेपाली महिलाहरु सम्पर्कबिहिन भएको भन्द्र खोजिका लागि निवदेन गपरेको थियो । हराएका मध्ये ६७ महिलाको उद्दार गरिएको थियो । हराएका भनिएका अधिकांश महिलाहरुको अवस्था अज्ञात छ । मानव बेचबिखचबिरुद्वको क्षेत्रका कृयाशिल संस्था माईती नेपाल नेपालगन्जका अनुसार गएको आर्थिक वर्षमा साढे तीन सय बढी महिला भारतमा हराएको हराएको भन्दै उजुरी परेको छ । ति मध्ये केही महिलाहरुको उद्दार गरिएको छ । उनीहरुलाई भारतको रेडलाईट क्षेत्रबाट उद्दार गरिएको जनाईको छ । त्यस्तै कर्णाली प्रदेशबाट भारत छिरेका डेढ सय महिला हराएको भन्दै खोजिका लागि निवेदन परेको छ । केहीको उद्दा भएको छ । आर्थिक प्रलोभनमा परी भारत जाने बर्दिया, सल्यान, रोल्पा, दैलेख, जाजरकोट लगायतका महिलाहरु रहेका छन् । ‘हामीसंग हराएका महिलाहरुको उद्दारका लागि कानुनी संयन्त्र छैन । त्यसैले हराएका सबै महिलाको खोजि हुनसकेको छैन,’ माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला भन्छन्,‘नेपाल कानुनले संयन्त्र गठन गर्ने व्यवस्था गरेपनि व्यवहारमा कार्यानवयन हुन सकेको छैन ।’
    कतिपय महिलाहरु फेसबुकको सम्पर्ककै भरमा भारत जाने र हराउने गरेका छन् । अपरिचित व्यक्तिहरुसंग सामाजिक सन्जालमा मायाप्रेम गर्ने बिहेबारी गर्ने भन्दै भारत जाने गरेका घटनाहरु पनि छन् । त्यस्तै खाडीमुलुकमा रोजगारीका लागि जाने भन्दै कतिपय महिलाहरु भारत पुग्ने गरेका छन् । तर उनीहरुलाई भारत लैजान गिरोह भने पक्राउ पर्न सकेका छैनन । ‘मानव तस्करहरु आफूसंगै कहिल्यै महिला लैजादैनन् । उनीहरु सम्पर्क गरी भारतको रुपैडिहा पठाउँछन्,’ कोइरालाले भने,‘त्यसैले पनि मानव तस्करहरु पक्राउ पर्न नसकेका हुन ।’ मानव बेचबिखन हुनसक्ने भन्दै नेपालगन्ज नाकामा कडाईका साथ निगरानी बढाइएको छ । तर मानव बेचबिखनका घटनाहरु रोकिन सकेका छैनन् । सन २००२ यता मध्यपश्चिम क्षेत्रबाट ४ हजार ३ सय १८ महिलाहरु हराएको निवेदन परेको थियो छ । ति मध्ये ६ सय १९ को उद्दार गरिएको छ । बैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश जाने महिलाहरु हराउने क्रम जारी छ । त्यस्ता उजुरीहरु पर्ने तर फेला पर्ने संख्या निकै कम छ । पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा वालवालिका हराउने गरेको प्रहरीले जनाएको छ । वालवालिकाहरु भने अभिभाबकको संरक्षणको अभावमा हराउने क्रम बढेको छ ।
    मानव तस्करीलगायतका अपराधहरु नियन्त्रणका लागि सीमावर्ती नेपाल—भारतसुरक्षा अधिकारीहरुको काउन्टर पार्ट बैठक हँदै आएको छ । आलोपालो गरी नेपाल—भारतमा हुने सुरक्षा बैठकमा पनि उक्त मुद्दा प्राथमिकताका साथ उठ्ने गरेको छ । तर समस्या भने ज्यूकोत्यु छ ।

  • १३ श्रावण २०७८, बुधबार १५:०० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर