बर्दिया । बर्दिया जिल्लाको राजापुर, बाँसगढी, गुलरिया र बढैयाताल गाउँपालिकाका का ८० जना किशोरीले महिनावारीको समयमा प्रयोग गरिने घरेलु कटन प्याड बनाउने सिप सिकेका छन् । किशोरीहरुको महिनावारी स्वच्छतालाई टेवा पुर्याउनका लागी २ दिने घरेलु कपडा कटन प्याड बनाउने सिप प्रदान गरिएको हो ।
बजारमा पाईने स्यानीटरी प्याड भन्दा घरमै निर्माण गरिएको स्यानीटरी प्याड बढी प्रभावकारी हुने र खर्च पनी कम लाग्ने र किशोरीहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागी सिप उपलब्ध गराईएको फिल्ड अधिकृत चन्द्रमाया खनालले बताईन । घरमै निर्माण गरिएको प्याड लाई सहि तरीकाले प्रयोग गरेमा १० वटा प्याडले ५ बर्ष सम्म काम गर्ने प्रशिक्षक अनिता विष्टले जनाए । गुलरिया ११ कि रिमा थारुले आफुले पहिलो पटक घरमै कपडाको प्याड बनाउन सकिने बारे शिप सिकेको र अब बजारमा पाईने प्याड भन्दा घरमै निर्माण गरेर प्रयोग गर्ने बताईन् ।
प्लान ईन्टरनेशनल नेपाल सँगको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके ले साझेदारीमा बर्दिया जिल्लाको राजापुर, बढैयाताल, बाँसगढी र गुलरियामा वालविवाह, छिटो विवाह र जबरजस्ति विवाव रोकथाम परियोजना सन्चालन गर्दै आईरहेको छ ।