जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ : ऊर्जामन्त्री भुसाल – Dastabej

जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ : ऊर्जामन्त्री भुसाल


  • रासस

  •  

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले जनतालाई मुआब्जा र क्षतिपूर्ति दिँदा न्यायोचित तवरले अर्को ठाउँमा किन्न सक्नेगरी दिनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले सेवा दिने भनेको जनताका लागि हो, विकास पनि जनताकै लागि हो ।’ मन्त्री भुसालले एकीकृत आयोजना जनतामा लैजाँदा ल्याण्ड पुलिङमा जाँदा उपयुक्त हुने बताइन् । उनले भनिन्, ‘कोही सुकुम्बासी कोही करोडपति हुने अवस्था नआओस् ।’

    जग्गाका सन्दर्भमा राज्यले लिने मूल्य र वास्तविक कारोवार मूल्य एउटै हुनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘मालपोतमा गयो जग्गाको मूल्य एउटा छ, बजारमा गयो त्यसको मूल्य कैयौँ गुणा बढी छ । राज्यले एउटै दर बनाएर लैजानुपर्छ ।’ मालपोतको रजिस्ट्रेसन शुल्क ‘नोमिनल’ हुनुपर्ने उनको भनाइ छ । जग्गा अधिकरणमा बल प्रयोग मात्र गर्दा समस्याको समाधान नहुने बताउँदै मन्त्री भुसालले योजनाको छनोट गर्दा पनि मानवबस्ती र खेतीयोग्य जमिनमा नपर्ने गरी बनाउनुपर्ने उल्लेख गरिन् । विगतमा दीर्घकालीन सोचसहित जग्गाको अधिकरण नहुँदा अहिले समस्या आएको बताउँदै मन्त्री भुसालले २०/३० वर्षपछिको प्रक्षेपण गरेर काम गर्न सकेमात्र पनि समस्या कम गर्न सकिने उल्लेख गरिन् ।त्यसैगरी सिँचाइका सन्दर्भमा मन्त्री भुसालले कृषिको कामलाई विशिष्टिकरण गरेर सिँचाइ पुर्‍याउनुपर्ने बताइन् । सिँचाइले कृषिको उत्पादकत्व मात्र नभई अनियन्त्रित, अव्यवस्थित बसाइँसराइ र उर्वरा जमिन बाँझो हुनबाट जोगाउन पनि सहयोग गर्ने भएकाले त्यसतर्फ लाग्न उनले आग्रह गरिन् ।

     

  • १४ श्रावण २०७८, बिहीबार ११:५० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ