श्रमवाट उद्वार गर्न थारु महिला उत्थान केन्द्रको सहयोग – Dastabej

श्रमवाट उद्वार गर्न थारु महिला उत्थान केन्द्रको सहयोग


  • दस्तावेज

  • बर्दिया । महिला उत्थान केन्द्र वर्दियाले ईट्टा भट्टामा काम गर्ने बालश्रमिकहरुलाई खाद्यन्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । संस्थाले सकृय परीयोजना (बालश्रम शोषण न्यूनिकरणका लागी सामाजिक कार्य) अन्र्तगत उक्त सहयोग गरेको हो । निकृष्ट बालश्रम न्यूनीकरण गर्दै गरीविका कारण वाध्यकारी श्रममा लागेका ईटा भट्टामा काम गर्ने १८ वर्ष उमेर नपुगेका गुलरिया नगरपालिका वडा नं २ का ४ र वडा नं. ११ का ६ जना गरी १० जना बालवालिकालाई खाध्यन्न दाल, चामल, तेल, नुन, चिनि र सावुनसहित स्कुल व्याग, कोपी, पेन, जोमेटी वक्स, लगायतका समाग्रीहरु हस्तान्तरण गरीएको हो । सस्थाका अध्यक्ष र कार्यकारी निर्देशकसहित परीयोजना कर्मचारीको उपस्थितिमा बालवालिकालाई सामाग्री हस्तान्तरण गरीएको छ । कार्यक्रमका अनुगमन तथा मुल्याङ्कन अधिकृत तेजमणि पन्थले बालवालिकाहरुको भविष्यका जिम्मेवार व्याक्तित्व भएकोले शिक्षा लगायत बालबालिकाको अधिकारको संरक्षणका लागि सहयोग गरेको बताए ।

    उक्त कार्यक्रममा सस्थाका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले ईट्टा भट्टामा वाध्यतावस निकृष्ट खालको वालश्रम गर्ने वाध्य २५ बालवालिकालाई घट्ना व्यावस्थापनका माध्यमवाट आपतकालीन सहयोग गरिएको जनाए । विश्व शिक्षाको आर्थिक सहयोग तथा एन्टेना फाउण्डेशन, स्वतन्त्रता अभियान र टि.डि.एच फाउण्डेशनको प्रविधिक सहयोगमा थारु महिला उत्थान केन्द्रले वर्दियाको गुलरिया., वाँसगढी नगरपालिका र वढैयाताल गाउँपालिकामा विगत १८ महिना देखी संचालनमा रहेको सस्थाका सामाजिक परामर्शकर्ता कल्पना नेपालले जानकारी दिईन । नेपाल सरकारले अवलम्वन गरेको वालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, बालश्रम न्यूनिकरण राष्ट्यि गुरुयोजना २०७५ अनुसार बालश्रम न्युनीकरणका लागि परियोजना सन्चालनमा छ ।

  • १४ श्रावण २०७८, बिहीबार १२:५५ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन