टोकियो — पौडीकी नेपाली खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा अन्र्तराष्ट्यि प्रतिस्पर्धामा जम्न नसके पनि आफ्नो राष्ट्यि कृतिमानमा सुधार गरेकी छन् । उनले महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गरेर आफ्नो कीर्तिमान सुधार गरेकी हुन् । हिट्स १ को लेन ४ मा उत्रिएकी १८ वर्षीया गौरिकाले ५० मिटरको स्वीमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (ग्वाङ्जु, दक्षिण कोरिया) मा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् ।