कोभिड-१९: सधैँ रहिरहन सक्छ – यो सँग हामीले कसरी बाँच्न सिक्न सक्छौँ? – Dastabej

कोभिड-१९: सधैँ रहिरहन सक्छ – यो सँग हामीले कसरी बाँच्न सिक्न सक्छौँ?


  • दस्तावेज

  • बीबीसी नेपाली ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले महामारीका रूपमा वर्गीकरण गरेयता कोभिड-१९ बाट विश्वभर १८ करोड ५० लाख भन्दा बढी मानिसहरूसङ्क्रमित भएका छन् भने ४० लाख भन्दा बढीको मृत्यु भएको छ। खोपले विश्वलाई सामान्य अवस्थामै फर्काइदिने ठूलो आशा गरिएको छ। तर वैज्ञानिकहरू भने कोरोनाभाइरस रहिरहने विषयमा झन् विश्वस्त हुँदै गएका छन्। ज्यानुअरीमा विज्ञान सम्बन्धी एक प्रमुख जर्नल नेचरले विश्वभरका १०० जना भन्दा बढी इम्युनोलोजिस्ट, भाइरोलोजिस्ट अनि स्वास्थ्य विज्ञहरूलाई सार्स कोभ- २ उन्मूलन गर्न सकिन्छ? भनेर सोधेको थियो। लगभग ९० प्रतिशतले जवाफमा ‘सकिन्न’ भन्ने उत्तर दिएका थिए। उनीहरूका अनुसार कोरोनाभाइरस एन्डेमिक अर्थात् स्थानीय प्रकोप बन्ने कुराको प्रमाण छ र यो विश्वका विभिन्न क्षेत्रमा फैलिरहने छ।यस्तो अवस्थामा हामीले कोभिडसँग कसरी वर्षौँसम्म बाच्नुपर्ने हुन्छ भन्ने विषयमा विज्ञानले कस्तो भविष्यवाणी गर्छ त?

    कोभिडबाट हामीले किन छुटकारा पाउँदैनौँ?

    दादुरा भएका बालक

    तस्बिर स्रोत,GETTY IMAGES

    सङ्क्रामक रोग उन्मूलन गर्ने कुरा सामान्य विषय होइन। डब्ल्यूएचओले हालसम्म दुई वटा भाइरल बिमारी आधिकारिक रूपमा उन्मूलन भएको घोषणा गरेको छ। ती दुई बिमारी बिफर र रीन्डरपेस्ट हुन्। र बिफरका कारण मात्रै सन् १९८० को दशकमा उन्मूलन नहुँदासम्म ५० करोड मानिसहरूको ज्यान गएको थियो जुन भौगोलिक रूपमा वितरण र पहुँचका हिसाबले हेर्दा कोभिडसँग तुलना गर्न सकिन्छ। बिफर उन्मूलन गर्न खोप विकासले अहम् भूमिका निर्वाह गरेको थियो।दुर्भाग्यवश, हालसम्म विकास गरिएको कोभिड-१९ विरुद्धको खोपले त्यस्तै प्रभाव पार्न सकेका छैनन्। ”आज हामीसँग जुन खोप उपलब्ध छन् तीनले केही अवस्थामा सङ्क्रमणलाई रोक्दैनन्। तीनले सङ्क्रमणलाई परिमार्जन र रोगलाई कम गम्भीर भने बनाउँछन् । खोप लगाएका मानिसहरूले अरूलाई भाइरस सार्न सक्छन्,” लन्डन स्कुल अफ हेल्थ एन्ड ट्रपिकल मेडिसिनमा इन्फेक्सीअस डिजिज इपिडेमीओलोजीका प्राध्यापक डेभिड हेम्यानले भने। युनिभर्सिटी अफ इस्ट याङ्लिया (यूके)का प्राध्यापक पल हन्टर अझ एक कदम अगाडि बढेका छन्। उनी खोपले हामीलाई भविष्यमा कोभिड नलाग्ने नबनाउने बताउँछन्। ”कोभिड कहिल्यै जानेछैन,” उनी अनुमान गर्छन्।”हामीले खोप लगाए पनि नलगाए पनि जीवनभर पटक पटक सर्ने (भाइरस) कुरा अवश्यम्भावी छ।”

    त्यसो भए नोबल कोरोनाभाइरससँग के हुन्छ त?

    Sars-CoV-2 virus

    तस्बिर स्रोत,GETTY IMAGES

    कोभिड-१९ स्थानीय रूपमा रहिरहने रोग हुन्छ भन्ने विश्वास गर्ने कैयौँ विज्ञहरूमध्ये प्राध्यापक हेमान पनि एक हुन जसको अर्थ यो स-साना क्षेत्रमा कैयौँ वर्षसम्म सरिरहनेछ भन्ने हो। यो नयाँ कुरा भने होइन। फ्लू, भाइरस र रुघा खोकी लगाउने चार प्रकारका कोरोनाभाइरसहरू पनि एन्डमिक अर्थात् स्थानीय रूपमा भइरहने हुन्। डबल्यूएचओले वार्षिक रूपमा विश्वभर २९०,००० देखि ६५०,००० मानिसहरूको रुघा सम्बन्धी कारणहरूबाट मृत्यु हुने गरेको आकलन गरेको छ। तर मृत्यु सङ्ख्या अनुमान गर्न सकिने भएका कारण यी रोगहरू व्यवस्थापन योग्य भएका छन्। बीबीसी नेपाली

  • १४ श्रावण २०७८, बिहीबार १३:४५ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान