बाघ दिवसः बिज्ञ भन्छन— बर्दिया र बाँके निकुन्जमा अझै अट्नसक्छ ५० पाटे बाघ – Dastabej

बाघ दिवसः बिज्ञ भन्छन— बर्दिया र बाँके निकुन्जमा अझै अट्नसक्छ ५० पाटे बाघ

हाल बर्दिया निकुन्जमा ८७ र बाँके निकुन्जमा २१ गरी १ सय ८ वटा पाटे बाघको संख्या छ


  • दस्तावेज

  • बाँके । दुई वर्षमा बर्दिया राष्ट्रिय निकुन्ज १९ जना र सँगै जोडिएको बाँके निकुञ्जमा दुई जनाको मृत्यु भएको छ । बाघको आक्रमणले सर्वसाधारणहरुको ज्यान गइरहेका बेला बर्दिया र बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा अझै पनि करिव ५० पाटे बाघ अट्न सक्ने नजिर बिज्ञहरुले अगाडि सारेका छन् । भारतीय निकुन्जसंग मिल्दोजुल्दो बातावरण, अहारा प्रजातीको बन्यजन्तुको संख्यालाई तुलना गर्दै अझै पनि पाटे बाघ अट्ने बताएका हुन । हाल बर्दिया निकुन्जमा ८७ र बाँके निकुन्जमा २१ गरी १ सय ८ वटा पाटे बाघको संख्या छ । बर्दिया निकुन्जको क्षेत्रफल ९ सय ६८ र बाँके राष्ट्रिय निकुन्ज ५ सय ५० वर्ग किमि क्षेत्रफल छ । भारतीय निकुन्जलाई आधार मान्ने हो भने दुई निकुन्जको झण्डै १६ सय वर्ग स्क्वायर किमिमा १ सय ७५ पाटे बाघ अट्नसक्ने बाघ बिशेज्ञा डा. नरेश सुवेदी बताउँछन् ।

    बाघको अहाराको दृष्टिकोणले पनि बर्दिया निकुन्ज निकै धनि छ । सन् २०१८ मा अनुसन्धानले ७८ प्रजातीका बाघका अहारा प्रति किमिमा पाईन्छ । जुन नेपालमा सबैभन्दा बढी घनत्व हो । जरायो, बाँदर, बँडेल, लगुना चित्तल अहारा प्रजातिका बन्यजन्तु हुन । बाघले ६० प्रतिशत अहारा चित्तलबाट पाउँछ । निकुन्जको क्षेत्रफल र बाघको संख्यालाई बिशलेषण गर्ने हो भने ५ वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वयर किमि टेरीटोरी पर्छ । चितवन राष्ट्रियको क्षेत्रफल र संख्याको अनुपातमा चार वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वायर क्षेत्रफल पर्ने बिज्ञहरुको भनाई छ । भारतको कार्बेट राष्ट्रिय निकुन्ज र बर्दियाको निकुन्जको फिचर, हावा पानी लगायतका जैविक बिबिधता सबै मिल्छ । त्यहाँ १४ वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वायर क्षेत्रफल पर्छ । भारतकै नागरहोल राष्ट्रिय निकुन्जमा ११ वटा बाघ प्रतिसय किलो मिटर स्क्वायर छ । भारतकै कान्हा राष्ट्रिय निकुन्जमा ६ वटा र रणथम्भौर राष्ट्रिय निकुन्जमा ७ वटा बाघको प्रतिसय किलो मिटर स्क्वायर टेरीटोरी पर्छ । ‘भारतको निकुन्जको नजिरलाई मान्ने हो भने बाँके र बर्दिया निकुन्ज कम्पलेक्समा १ सय ७५ पाटे बाघ सहजै बस्न सक्छ् । यो प्रति सय किमि स्क्वायरमा ७ देखि ८ वटा बाघ बस्न सक्छ । जुन माध्यम खालको हो । त्यसैले बाघ अझै बढे केही फरक पर्दैन,’ बिज्ञ डा. सुवेदीको मत छ । ।

    पाटे बाघको संख्या बढेसंगै सर्वसाधारणहरुमाथि आक्रमणका घटना पनि बढेको सर्वसाधारणहरुको गुनासो छ । पछिल्लो पल्ट गाईगोरु चरााउन गएका मधुवनका एक सर्वसाधारणलाई बाघले आक्रमण गरी मारेको थियो । सबैभन्दा बढी खाता जैविक मार्ग क्षेत्रमा बाघले आक्रमण गरी ६ जनाको ज्यान लिएको थियो । निकुन्जका बाघ एकाएक यसरी किन आक्रमण बने त ? निकुन्जभित्र बाघ नअटेर सामुदायिक वन र गाउँमा पस्न थालेको हो त ? ‘पछिल्लो समय बाघले आक्रमण गरेको घटना बढि सुनिन थालेको छ । तर भुरीगाउँको घटनाबाहेक सबै आक्रमण बाघसंग एक्कासी जम्काभेट भएपछि भएका हुन,’ बाघ बिशेज्ञा डा.सुवेदी भन्छन्,‘अहारा नपुगेर आक्रमक भएको होईन । संख्या बढेर निकुन्जबाट बाहिर गएको पनि होईन ।’ बाघले प्रमुख तीन आवस्थामा आक्रमण गर्ने अनुसन्धानकर्मी बताउँछन् । बाघ बसेको स्थानमा प्रबेश गरेमा, बाघ आफ्ना बच्चासहित बसेको छ भने बच्चा लिन आयो भनेर र शिकार गरेर खाईरहेका बेला बढि आक्रमक हुन्छ । त्यस्तै एक पटक मानिसको रगत खायो भने नरभक्षि हुन्छ । त्यसबाहेक अपबादका रुपमामात्रै आक्रमण गर्छ । बर्दिया निकुञ्जका अनुसार आर्थिक वर्ष २०७६। ७७ मा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ७७र७८ मा त्यो संख्या ठ्याक्कै दोब्बर अर्थात १२ जनाको ज्यान गयो । त्यसअघिका वर्षमा यति ठूलो संख्यामा घटना भएको थिएन । बर्दियामा साउन पहिलो साता बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । करिब दुई वर्षमा बर्दियामा १९ जना र सँगै जोडिएको बाँके निकुञ्जमा दुई जनाको मृत्यु भएको छ । गत आव ०७७र७८ मा चितवन निकुञ्जमा भने बाघ र गैंडाको आक्रमणमा मारिएकाको संख्या ५। ५ छ । आव ०७६र७७ मा भने बाघ र गैंडासहितका वन्यजन्तुको आक्रमणबाट निकुञ्जभित्र र ८ जना मारिएका छन् ।

  • १४ श्रावण २०७८, बिहीबार १४:४८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान