मोवाईल चोरीको आरोपमा नावालकसहित ३ पक्राउ - Dastabej

मोवाईल चोरीको आरोपमा नावालकसहित ३ पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । बाँके प्रहरीले मोवाईल चोरीको आरोपमा नावालक सहित ३ जनालाई पक्राउ गरेको छ । सावन ८ गते उपमहानगरपालिका४ बसपार्क रोडमा रहेको पुर्ण प्रसाद गौतमले सन्चालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी चोरी भएको थियो । बिभिन्न कम्पनीका मोवाईल, घडी लगायतका१० लाख बराबरको सामानहरू चोरी भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । चोरी आरोपमा नेपालग्नज ९ का २४ वर्षीय को सुमित शर्मा, वडा न. १३ का १८ वर्षीय नानु खटिक र १२ बर्षीया एक वालकसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न कम्पनीका मोवाईल थान ३६ , कम्पनीको घडी थान ६ उनीहरुबाट बरामद भएको छ । मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफ २४३ को उपदफा ९३० बमोजिम ३ देखी ५ बर्ष कैद र रू ३० देखी २५ हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

     

     

     

  • १४ श्रावण २०७८, बिहीबार १७:५८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा