नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ३,३६५ जना कोरोनाभाइरस सङ्क्रमित भएका छन् । १६ जनाको मृत्यु भएको छ। बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,२४२ जनाको परीक्षण गर्दा ठूलो संख्यामा संक्रमण पुष्टि भएको छ। ४,६८७ जनाको परीक्षण एन्टिजन र अन्यको पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,३७३ जना सङ्क्रमणमुक्त भएका छन्।नेपालमा सङ्क्रमितको कुल सङ्ख्या साढे सात लाख नाघेको छ भने मृतकको सङ्ख्या ९,८०७ पुगेको छ।हाल कुल परीक्षणको २३.६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।